काठमाडौं । तीनकुने क्षेत्रमा नेपाली सेना परिचालन भएको छ। राजावादीहरुको प्रदर्शन हिंसात्मक बनेपछि जिल्ला प्रशासन कार्यालयले सेना परिचालन गरेको हो।
राजावादीहरुले तीनकुने क्षेत्रमा आगजनी तथा तोडफोडको क्रम जारी राखेपछि प्रशासनले राति १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको थियो।
उनीहरुले तीनकुनेमा रहेका केही घरमा तोडफोड, एउटा घरमा आगजनी, आलोकनगरमा रहेको नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालयमा आगजनी, पेरिसडाँडामा रहेको नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालयमा प्रवेशको प्रयास गरेका थिए।
पेरिसडाँडामा एउटा सरकारी गाडी जलाउनुका साथै भाटभटेनीमा तोडफोड र लुटपाट गरेका थिए। उनीहरुले जडिबुटीमा रहेको जडिबुटी प्रशोधन केन्द्रमा पनि आगजनी गरेका छन्।












