काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (मौका) परीक्षा यही साउन १८ र १९ मा सञ्चालन गर्ने भएको छ ।
बोर्डले आज एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको थियो । नतिजाअनुसार २ लाख ४२ हजार ३१३ विद्यार्थी ननग्रेडेड भएका थिए । त्यसमध्ये दुई विषयमा ननग्रेडेड आएका १ लाख १५ हजार ८३४ विद्यार्थीले मौका परीक्षा दिन पाउने भएका छन् ।
सैद्धान्तिकतर्फ ३५ प्रतिशत र आन्तरिक मूल्याङ्कनतर्फ कम्तिमा ४० प्रतिशत ल्याउने विद्यार्थी ग्रेडेडमा परेको परीक्षा बोर्डले जानकारी दिएको छ ।
नतिजामा चित्त नबुझाउने विद्यार्थीले १५ दिनभित्र पुनर्योग गराउन सक्ने र त्यसको प्रक्रिया अनलाइन माध्यमबाटै अघि बढाउन सकिने व्यवस्था गरिएको जानकारी दिइएको छ ।