काठमाडौं । नेपाल सरकार अन्तर्गत कार्यरत १४ जना उपसचिवको सरुवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार सरुवा सम्बन्धी निर्णय सार्वजनिक गरेको हो।
मन्त्रालयका अनुसार सरुवा गरिएकामध्ये ११ जना मन्त्रालयको अतिरिक्त समूहमा रहेका उपसचिव, एक जना प्रमुख प्रशासकीय अधिकृत, र दुई जना जिल्ला समन्वय अधिकारी छन्।
यीमध्ये ७ जनालाई विभिन्न नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ। बाँकीलाई अन्य प्रशासनिक जिम्मेवारीमा खटाइएको हो।
यसअघि, बुधबार मात्रै मन्त्रालयले ११४ जना शाखा अधिकृत र ४ जना विधिक सेवाका उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको थियो।
मन्त्रालयले प्रशासनिक सेवा प्रभावकारी बनाउन तथा जनसरोकारका काममा गति दिन नियमित रूपमा सरुवा प्रक्रिया अघि बढाउँदै आएको छ।












