काठमाडौं । सरकारी कार्यालय साँझ ५ बजेसम्म खुल्ने भएको छ । सरकारले सरकारी कार्यालयका लागि नयाँ कार्यतालिका सार्वजनिक गरेसँगै बुधबारदेखि ५ बजेसम्म कार्यालय खुला हुने भएको हो ।
सरकारी कार्यालयहरूको समय परिवर्तन गर्दै दुई भिन्न अवधिका लागि फरक कार्यतालिका निर्धारण गरिएको छ। नयाँ कार्यतालिका अनुसार, २०८१ साल वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र २०८१ साल माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म हुनेछ।
यस्तै, २०८१ साल कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म निर्धारण गरिएको छ। नयाँ समय तालिका अनुसार सरकारी कार्यालयहरू सञ्चालन हुने भएकाले सेवाग्राहीहरूले सोही अनुसार सेवा लिन जान अनुरोध गरिएको छ।












