काठमाडौं । सर्वोच्च अदालतमा दायर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट हेर्न नमिल्नेमा परेको छ। न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा पेसी चढेर सुनुवाइ हुने भनिएको रिट हेर्न नमिल्नेमा परेको हो।
आइतबार रवि पत्नी निकिता पौडेलले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट हालेकी थिइन्। सुप्रिम सहकारी ठगीमा लामिछानेलाई थुना पठाउने उच्च अदालत तुलसीपुरको बुटवल इजालसले गरेको आदेश बदर माग्दै परेको रिटमाथि चैत ३१ को सुनुवाइमा सर्वोच्चले कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको थियो।