काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्। आज साँझ ७ बजे सिंहदरबारमा बस्ने गरी प्रधानमन्त्री ओलीले बैठक बोलाएको उनको निजी सचिवालयले बताएको छ।
पछिल्लो विकसित घटनाक्रमबारे छलफल गर्न बैठक बोलाएको सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए। बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका नेताहरूलाई बोलाइएको छ।












