काठमाडौं। प्रहरीले कुमार घैंटे समूहका सानुभाइ भनिने युवराज गुरुङसहित १८ जनालाई काठमाडौंबाट पक्राउ गरेको छ।
गुण्डागर्दीको आरोपमा पहिले पनि पक्राउ पर्दै र छुट्दै आएका गुरुङलाई शनिबार राति प्रहरीले सामाखुसीबाट पक्राउ गरेको हो। घैंटे भने प्रहरी मुठभेडमा ३ भदौ २०७२ मा मारिएका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौं एसएसपी रमेश थापाका अनुसार गुण्डागर्दीबिरुद्ध अपरेसन सञ्चालन भइरहेका बेला उनीहरु पक्राउ परेका हुन्।
नुवाकोटको ककनी गाउँपालिका–५ घर भएका सानुभाइ टोखास्थित सुर्यदर्शन हाइटमा बस्दै आएका थिए।
शुक्रबार राति मात्र प्रहरीले काठमाडौंबाट १५० जनालाई पक्राउ गरेको थियो।












