काठमाडौं । नेकपा एमाले सांसद रघुजी पन्त राजा किन चाहियो ? भन्दै प्रश्न गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले राजतन्त्रको कालखण्डमा विभिन्न घटना घटेको बताएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले आपत्ती जनाए।
सांसद पन्त बोल्दै गर्दा बीचमा राप्रपा सांसद शाहीले बोल्न थालेपछि सभामुखले समय लिएर बोल्न आग्रह गरे। तर,सांसद शाहीले नमानेपछि सांसद पन्तले आफ्नो समयमा बोल्न आग्रह गरे।
शाहीले नमानेपछि पन्तले इतिहास पढेर आफूसँग बहस गर्न आउन चेतावनी समेत दिए। मसँग बहस गर्ने हो भने इतिहास पढेर आउनुहोस्। मैले पढेको इतिहास गलत हो भने पुष्टि गर्न आउनुहोस्।’












