Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

प्रतिनिधिसभा बैठकः कुन सांसदले के विषय उठाए ?

अन्तरजातीय विवाह गर्दा राज्यले ज्यादतीपूर्ण काम गरेको भन्दै सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समयसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको आकस्मिक समयमा सांसदहरूले आन्दोलनरत किसानका जायज माग सम्बोधन गर्नुपर्ने, बाढीपहिरोका कारण विभिन्न स्थानमा अवरुद्ध सडक शीघ्र सञ्चालन गर्नुपर्ने, निःशुल्क स्वास्थ्यको हकको प्रत्याभूति गर्नुपर्ने, जुम्लाका स्याउको बजारीकरण गर्नुपर्नेलगायत विषय उठाएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले ९५ दिनदेखि आफ्नो दलले भिजिट भिसा प्रकरणलाई लिएर सदनमा छानबिनको माग गरिरहेको भन्दै हालसम्म कुनै सुनुवाइ नभएको गुनासो गरे । विरोधका आवाजलाई दमन गरेर संसदीय व्यवस्था बलियो नहुने उनले तर्क गरे ।

Subisu

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले जुम्लाको स्याउ बजारीकरण गर्नुपर्ने र अर्गानिक आन्तरिक उत्पादनको प्रयोग बढाउनुपर्नेमा जोड दिए । विदेशी स्याउ बढी आयात हुँदा नेपालभित्रको उत्पादनले बजार पाउन नसकेकाले केही समय आयात रोक्न सके यहाँको उत्पादनले बजार पाउने उनको भनाइ छ ।

वर्षाका कारण अवरुद्ध जुम्ला जोड्ने सडक लामो समयदेखि खुल्न नसकेको बताउँदै सांसद शाहीले अवरुद्ध बाटो खुलाउन पर्याप्त उपकरण परिचालन गरिनुपर्ने बताए । आफ्नो दलले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिनको माग राख्दै आएको बताउँदै उनले उक्त विषयमा सुनुवाइ हुन नसकेको गुनासो गरे ।

नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमल्सेनाले बारा, पर्सा रौतहटलगायत तराईका जिल्लामा खानेपानीको चरम अभाव रहेको विषय सदनमा उठाए । उनले यो समस्या तत्काल समाधानका लागि पहल थाल्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराए । तराईमा सुख्खा क्षेत्र घोषणा भए पनि त्यसको कार्यान्वयन हुने नसकेको पनि सांसद तिमल्सेनाले बताए । आन्दोलनरत उखु किसानका माग सम्बोधन हुन नसकेकोप्रति उनले चिन्ता व्यक्त गरे ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले पछिल्लो समय स्वास्थ्य मन्त्रालयले एकीकृत एम्बुलेन्स सेवासम्बन्धी नयाँ मार्गदर्शन जारी गरेसँगै परोपकारी संस्था तथा सामुदायिकस्तरबाट सञ्चालित तीन हजारभन्दा बढी एम्बुलेन्सले सेवा दिन नपाएर थन्किएका बताए । स्वास्थ्य संस्थाले मात्र एम्बुलेन्स सञ्चालन गर्न पाउने नयाँ व्यवस्थाले समस्या देखिएको उनले उल्लेख गरे ।

नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले हुलाकी राजमार्गअन्तर्गत कमला नदीमाथि भासिएको पुलको निर्माण हालसम्म सुरु हुन नसकेको बताए । यस विषयमा सदनमा पटकपटक जानकारी गराइए भए पनि सुनुवाइ हुन नसकेको उनको भनाइ छ । उखु किसानले आफ्ना माग पूरा नभए राजमार्ग अवरुद्ध गर्ने बताइरहेका उल्लेख गर्दै सांसद यादवले यस्तो अवस्था आउन नदिन जायज माग सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराए ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले मध्यपहाडी लोकमार्गसहित विभिन्न सडकखण्ड अवरुद्ध भएको विषय सदनमा उठाए । सडक अवरुद्ध हुँदा ढोरपाटन पर्यटकीय क्षेत्रमा आवागमन असहज भएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host