काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित भएको छ। आज बिहान ११ बजेका लागि तय गरिएको बैठक २ बजेका लागि सारिएको थियो। निर्धारित समयमा बस्न नसक्ने भएपछि बैठक भोलि १ बजेसम्मका लागि स्थगित गरिएको सभामुखको सचिवालयले जनाएको छ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गरेका विपक्षी दलहरूसँगको छलफलमा सहमति जुट्न नसकेपछि बैठक भोलिका लागि सारिएको हो। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा आउनुपर्ने र छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग बनाउनुपर्ने विपक्षी दलहरूको अडान छ।












