काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको नाम अस्वीकृत गरेको छ ।
संसद् भवन नयाँ बानेश्वरमा सोमबार बसेको सुनुवाइ समितिले प्रधानको नाम अस्वीकृत गर्ने निर्णय गरेको हो । यसअघि सोमबार नै प्रधानले निर्वाचन आयुक्तबाट नाम फिर्ता लिएको भन्दै समितिमा निवेदन दिएका थिए ।
प्रस्तावित व्यक्तिले नै निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि आफ्नो उम्मेदवारी कायम राख्न नचाहेकाले अस्वीकृत गर्ने निर्णय गरेको समिति सभापति पशुपति शम्शेर जबराले जानकारी दिए ।












