काठमाडौं । सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले उक्त विधेयक संसदमा दर्ता गराएका हुन्।
विधेयकमा कसूर र सजायसम्बन्धी व्यवस्था छ। यसमा कसैले सामाजिक सञ्जालको प्रयोग गरी अश्लील शब्द,तस्बिर,संकेत भीडीयो,अडियो,मिथ्या वा भ्रामक सूचना प्रसार गरेमा दुई वर्षसम्म कैद सजाय वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। यसैगरी सामाजिक सञ्जालमा बीभत्स तस्बिर वा अडियो वा भिडियो पोष्ट वा सेयर गरेमा तीन महिनासम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय भोग्नु पर्नेछ।