काठमाडौं । सरकारले फेसबुक, ट्विटर, इन्स्टाग्राम, ह्वाट्सएपलगायत सामाजिक सञ्जाललाई दर्ता गर्न सात दिनको समयसीमा तोकेको थियो। भदौ १२ गते जारी सूचना अनुसार नेपालमा सञ्चालनमा रहेका वा नेपाल प्रवेश गर्ने तयारी गरिरहेका सामाजिक सञ्जाल कम्पनीहरूले अनिवार्य रूपमा दर्ता गर्नुपर्ने व्यवस्था गरिएको थियो।
तर, हालसम्म कुनै पनि कम्पनीले सूचीकरणका लागि सम्पर्क गरेको छैन। सरकारले चेतावनी दिएको छ कि तोकिएको समयसीमा भित्र दर्ता नगर्ने वा सम्पर्कमा नआउने सामाजिक सञ्जाललाई क्रमशः नेपालमा निष्क्रिय गराइनेछ।
यसअघि टिकटकलाई रोक लगाइएको थियो तर सूचीकरण प्रक्रियामा आएपछि पुनः सञ्चालनमा आएको छ। त्यस्तै टेलिग्रामलाई पनि केही समयअघि निष्क्रिय बनाइएको थियो।
सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार ‘सामाजिक सञ्जाल प्रयोग व्यवस्थापन निर्देशिका २०८०’ र सर्वोच्च अदालतको आदेशअनुसार सूचीकरण प्रक्रिया अघि बढाइएको छ।












