काठमाडौं । सालपा विकास बैंकको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार १ लाख ४३ हजार ९१७ आवेदकले कम्पनीको शेयर हात पारेका छन् । भाग्यशाली ९ जनाले ११ कित्ताका दरले कम्पनीको शेयर पाएका छन् भने बाँकीले १० कित्ताका दरले पाएका छन् । अरु २१ लाख २२ हजार ३८ आवेदकको भने हात खाली भएको छ ।
कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि १३ पुसदेखि २० पुससम्म जारी गरेको १४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँ बराबरको १४ लाख ३९ हजार १८९ कित्ता शेयर निष्कासन गरेको थियो । आवेदन दिने अन्तिम दिनसम्म कुल २२ लाख ६५ हजार ९५५ कित्ता आवेदन स्वीकृत भएको थियो ।
असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २.२४ रुपैयाँ छ । प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ छ । २ करोड ७० लाख रुपैयाँको जगेडा कोष छ । खोटाङ जिल्लामा कारोबार गर्न अनुमति पाएको यसको कर्पोरेट कार्यालय दिक्तेलमा छ । हाल कम्पनीको जारी पुँजी ५२ करोड २३ लाख रुपैयाँ रहेको छ ।












