काठमाडौं । शहीद दिवसको अवसरमा प्रधानमन्त्री तथा मन्त्रीहरुले शहीद गेट पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् । दिवसका अवसरमा बुधबार प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीहरु प्रकाशमान सिंह, विष्णु पौडेलसहित मन्त्रीहरु शहिदगेट पुगेर शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण र सम्मान प्रकट गरेका हुन् ।
प्रजातन्त्र स्थापना एवं पुनः स्थापना तथा विभिन्न कालखण्डमा जीवन आहुति दिनेहरूको सम्झनामा सरकारले माघ १६ गते शहीद दिवस मनाउँदै आएको छ ।

![शहीदहरूप्रति श्रद्धाञ्जली[फोटोफिचर]](https://www.outlinekhabar.com/wp-content/uploads/2025/01/sahid2-750x375.jpeg)











