काठमाडौं । ललितपुरको हरिहर भवनस्थित राष्ट्रिय सहकारी विकास बोर्ड भवनमा अनधिकृत रूपमा बनाइएको पर्खाल भत्काइएको छ ।
जिल्ला, उच्च र सर्वोच्च अदालतले समेत सो पर्खाल अनधिकृत रूपमा बनाएको फैसला सुनाएपछि ललितपुर महानगरपालिकाले आइतबार बिहान डोजर लगाएर सो भवनको सडकतिरको पर्खाल भत्काएको हो । २०७३ साल पुस १८ गते अनधिकृत रूपमा बनाइएको सो भवनको पर्खाल सर्वोच्च अदालतले समेत भत्काउने आदेश दिएपछि आज डोजर चलाएर भत्काइएको नगरप्रहरी प्रमुख सीताराम हाछेथूले जानकारी दिए ।
सो अनधिकृत रूपमा बनाइएको पर्खाल भत्काउने क्रममा ठूलो संख्यामा नगर प्रहरी परिचालन गरिएको थियो ।












