Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

टानलाई आशाको केन्द्रमा विकास गर्नेछुः सागर पाण्डे(अन्तरवार्ता)

सागर पाण्डे, अध्यक्षका उम्मेदवार, टान

टानलाई आशाको केन्द्रमा विकास गर्नेछुः सागर पाण्डे(अन्तरवार्ता)

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को साधारणसभा एवम् निर्वाचन आगामी भदौ १७ गते हुँदैछ । टानको साधारणसभाले आगामी २ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । साधारणसभाको घोषणा भएसँगै नयाँ नेतृत्वका लागि दौडधूप शुरु भइसकेको छ ।

यसैबीच अध्यक्षका सागर पाण्डेले व्यवसायीक प्रतिनिधित्वलाई जो दिँदै आफ्नो एजेण्डासहित अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् । उनै पाण्डेसँग समग्र पर्यटन क्षेत्रको अवस्था, एजेण्डा, भावी कार्यदिशा लगायतको विषयमा केन्द्रित रहेर कुराकानी गरिएको छ । प्रस्तुत छ, पाण्डेसँग गरिएको कुराकानीको सम्पादित अंशः

Subisu

तपाईंको बाल्यकाल कसरी बित्यो ? कसरी पर्यटन क्षेत्रमा लाग्नुभयो ?

मेरो जन्म २०२८ सालमा काठमाडौं वीर हस्पिटलमा भएको हो । बुबा, आमा, दिदीहरु काठमाडौंकै कालधारामा बस्नुहुन्थ्यो । बुबा महान्यायाधिवक्ता कार्यालयमा जागिरे हुनुहुन्थ्यो ।

५,६ वर्षको बाल्यकाल मेरो यहि बित्यो । ‘क’, ‘ख’ मैले जिपी हाइस्कुलमा पढें । आमा गाउँ (गोरखा) जानुपर्ने बाध्यता भयो । आमासँगै म पनि गाउँ गए । मलाई अहिलेपनि सम्झना छ, त्यो कालधारा नजिकैको विष्णुमतीमा पौडी खेलेको, माछा मारेको, त्यहि सडकमा साइकल चलाएको ।

गाउँमा गएपछि मैले सात कक्षाबाट पढाइ शुरु गरे । अन्ततः गोरखा सदरमुकामको शक्ति माविबाट २०४४ सालमा ७३ प्रतिशत ल्याएर एसएलसी पास गरे ।

फस्ट डिभिजन ल्याएपछि साइन्स पढ्नुपर्छ, डाक्टर, इन्जिनियर बन्नुपर्छ भन्ने थियो । अर्को छोराले कमर्स पढ्न हुँदैन, छोरी मान्छेले नर्स पढ्न हुँदैन भन्ने थियो । पढ्नकै लागि २०४५/०५६ सालमा म काठमाडौंको अमृत साइन्स कलेजमा भर्ना भए । फिजिक्स विषय लिएर पढे ।

आइएसी सकिएपछि मलाई इन्जिनियरिङतिर जान मन लागेन । त्यसपछि माइनिङ इन्जिनियरिङ पढ्ने भनेर त्रिचन्द्र कलेजको जियोलोजी डिपार्टमा भर्ना भए । र जियोलोजीमा ग्राजुएसन गरे । त्यसपछि भने पढाइलाई निरन्तरता दिन सकिन ।

मेरो सोच माइरिङ इन्जियिरिङ जियालोजिस्टमा जाने इच्छा थियो । संयोगवस पर्यटन क्षेत्रमा आइयो । सबै हिसाबले खुसी छु । यत्रो इन्ड्रष्ट्रिको माझमा बस्न पाएको छु । व्यवसायको हिसाबले एउटा समुन्द्रको बीचमा तैरिन पाएको छु ।

नेपालको पर्यटन क्षेत्रमा लामो समयदेखि लागिरहनुभएको छ । पर्यटन क्षेत्रलाई कसरी बुझ्नुभएको छ ?

पर्यटन क्षेत्रमै लागेको करिब ३० वर्ष हुन लागिसकेको छ । २२ वर्षको उमेरदेखि नै पर्यटन क्षेत्रमा लागेँ । योजना पनि थिएन, अकस्मात यो क्षेत्रमा आइयो । पर्यटन क्षेत्र एउटा महासागर हो । यहि क्षेत्रमा रमाइ रहेको छु ।

प्रविधिमा आएको विकास सँगसँगै पर्यटनको आचारण, अपेक्षा, हाम्रो व्यवसाय गर्ने तरिकाहरुमा पनि धेरै नै छलाङ आएको छ । अहिले एक सेकेन्डमा नै पर्यटक ‘टुरिष्ट’ले चाहेको, खोजेको कुरा आफ्नो प्राइज रेन्जमा प्राप्त गर्न सक्छन् । यो राम्रो पक्ष हो ।

नेपालमा पर्यटन व्यवसायको सम्भावना कस्तो देख्नुभएको छ ।

अहिले पयर्टन क्षेत्रबाट कसरी आत्मनिर्भरता बन्ने भन्ने विषय राष्ट्रिय बहसको विषय बनेको छ । म एउटा कर्मशिल मान्छे हो । मैले आफ्नो मेहनतलाई सुरुका दिनदेखि समय सापेक्ष अगाडि बढाइ रहेको छु । त्यसले गर्दा म आफ्नो पेशामा सन्तुष्ट छु । खुसी नै सबैभन्दा बढी सफलता हो भन्ने लाग्छ ।

नेपालमा पर्यटन क्षेत्रको समग्र विकासका लागि कुन क्षेत्रले के गर्नुपर्ला ?

हामी पर्यटन भन्ने बित्तिकै ‘होलेस्टिक’ रुपमा बुझ्छौं । अब यसलाई पर्वतीय, माउन्टेरिङ, इभेन्ट पर्यटनका रुपमा छुट्याउनुपर्छ । नेपाल आफैँमा प्राकृतिक रुपमा भरिपूर्ण छ । हाम्रा डाडाँकाँडामा रिसोर्ट बनाउन सक्यौं भने दिल्लीबाट प्लेन चार्टर गरेर पर्यटक आउँछन् ।

त्यहाँ जान्छन्, पाँच दिनको कन्फ्रेन्स गरेर फर्किन्छन् । कर्पोरेटहरु, मल्टी नेशनल कम्पनीहरुसँग यति पैसा छ कि हामी कहाँ आएर खर्च गर्ने त्यो ‘पिनट’ हो । हामीले त्यसलाई टार्गेट नै गर्न सकेका छैनौं । पर्यटकहरु सबै ट्रेकिङ मात्रै जान चाहन्छन् भन्ने पनि छैन । अब हामीले पर्यटनको क्षेत्रलाई छुट्याउनुपर्छ । हामीले ट्रेकिङ मात्र जाने पर्यटकलाई लक्षित नगरी समग्र नेपालको डाइभर्सिटी अनुसार पर्यटन पूर्वाधारको विकास गर्नुपर्छ ।

यसमा पर्यटनलाई डिफाइन गर्न आवश्यक छ । कुन सेग्मेन्टमा कति प्रतिशतले पर्यटन विकास गर्ने र यसको सम्भावनाहरुलाई खोजी गर्नुपर्ने देखिन्छ । सम्भावनाहरुलाई हेरेर हामीले ‘आर्टिफिसियल’ टुरिजमहरुलाई विकास गर्न जरुरी छ । टुरिजमलाई बहुआयमिक रुपमा परिभाषा गर्न जरुरी छ । टे«किङ र माउन्टेरिङ मेजर सेग्मेन्ट हो । समग्र पर्यटनको कुरा गर्दा अरु आयमहरुलाई पनि भूल्नु हुँदैन ।

पर्वतीय पर्यटन र ट्रेकिङ क्षेत्रमा सम्भाव्यता बारे टानले खेलिरहेको भूमिका कस्तो छ र अब कसरी बढ्दा प्रभावकारी होला ?

टानलाई अगाडि बढाउन विगतदेखि अहिलेसम्म प्रत्येक कार्य समितिले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । जे–जे काम भएको छ, त्यो एक हदसम्म राम्रो काम भएको छ ।

म महासचिव हुँदा टान राष्ट्रिय रुपमा परिचित थिएन । हामीले ‘क्राइसिस’ को समय भनौं वा टुरिजम बोर्डको वेतिथिकाविरुद्ध आवाज उठाउन भूमिका खेल्दै आयौं । जसले राष्ट्रिय रुपमा टानको पहिचान बढायो । अहिले अन्तर्राष्ट्रिय रुपमै टानको महत्व बढ्दै गएको छ । अहिलेसम्मको अनुभव प्रयोग गर्दै अब फरक ढंगले अगाडि बढ्ने मेरो योजना हो ।

अर्को राज्य र व्यवसायीहरुलाई बेनिफिट हुने हिसाबले कसरी पहल गर्ने भन्ने मुख्य चुनौती हो । त्यसमा टानले प्रमुख भूमिका खेल्न जरुरी छ । हान, नाटा लगायतका पर्यटनसँग सम्बन्धित जतिपनि संघसंस्थाहरु छन्, सबै एकै ठाउँमा आउन जरुरी छ । हामीले एउटै आवाज लिएर अगाडि बढ्दा समग्र पर्यटनलाई प्रभाव पार्दछ । नेपालमा पर्यटनको कुरा गर्दा सरकार एकातिर, पर्यटनसँग सम्बन्धित संघसंस्थाहरु अलग–अलग बाटोतिर हिँड्दा समस्या भएको हो ।

हामीमा समग्र पर्यटन विकासको अवस्था कहाँ छ ?, त्यसलाई प्राप्ति गर्न हामी कहाँ उभिनुपर्छ ? र त्यसका लागि एक ढिक्का भएर राज्यसँग कसरी ‘लबिङ’ गर्ने भन्ने अहिले ‘ग्यापिङ’ हो । त्यसकारण हामी एक ठाउँमा उभिन र एउटा ‘युनिटी क्रिएट’ गर्न जरुरी छ । त्यसैको आधारमा हाम्रा समस्याहरु के–के छन्, नेपालको पर्यटन विकासका राष्ट्रिय समस्या के–के छन् ? त्यसमा ध्यान दिन जरुरी छ । हामी हाम्रो जिम्मेवारीबाट पन्छिनु हुँदैन ।

दीगो पर्यटन विकासका लागि सबैको साथ सहयोग र पहल कदमीको आवश्यक छ । यसका लागि हामीले एफएन सीसीआइ, चेम्बर अफ कमर्श लगायत सबै उद्योगी संस्थाहरुलाई हाम्रो भ्वाइस रेन्ज गर्न जरुरी छ ।

अर्को अबको जल्दोबल्दो समस्याको रुपमा रहेको जलवायु परिवर्तनको इस्युलाई टानले उठाउन जरुरी छ । जुन मेरो एजेण्डामा पनि समावेश गरेको छु । हाम्रो हिमाललाई जलवायु परिवर्तनले ठूलो असर पारेको छ । यस विषयमा अन्तर्राष्ट्रिय स्तरसम्म सामुहिक आवाज उठाउन आवश्यक छ । जुन हामी उठाउनेछौं ।

टानको आगामी नेतृत्वका लागि अध्यक्षमा उम्मेद्वारी घोषणा गर्नुभएको छ, यहाँका एजेण्डाहरु के–के छन् ?

टान व्यवसायीहरुको छाता संगठन हो । मेरो पहिलो सर्त नै व्यवसायलाई संरक्षण गर्ने हो । व्यवसायसँग जोडिएका कम्पोनेन्टहरु, गाइट, सहयोगी, क्लाइमरहरुको संरक्षण गर्ने हो । जति उहाँहरु संरक्षित हुनुहन्छ, त्यति हामी संरक्षित हुन्छौं । समग्रमा व्यवसायीहरुकै हक हितमा बोल्ने, लड्ने र कार्यान्वयन गर्ने मेरो प्राथमिकताको विषय हो ।

दोस्रो जलवायु परिवर्तन, जुन हाम्रो पेसासँग जोडिएको छ । हिमाल पग्लियो, हाम्रा डाँडाहरु नाङ्गा भए, नदीनालाहरु सुके । यो हाम्रो जीवनसम्म प्राप्ति होला, तर भोलीका पुस्तामा यो पेसा हस्तान्तरण गर्दै गर्दा के होला ?, भन्ने चिन्ताको विषय बनेको छ ।

२०-३० वर्षमा नदेखिएला तर ५० वर्षपछि के हुन्छ ?, भन्ने प्रश्न अहिले आएको छ । हाम्रो सानो प्रयासले जागरुकता बढेर जाओस् भन्ने हो ।
त्यो सँगसँगै पर्यटन व्यवसायलाई मर्यादित, राम्रो व्यवसायको रुपमा लैजान राज्यले लिने नीति निर्माणमा टानले लविङ गर्न जरुरी छ ।
जस्तो उदाहरणका रुपमा अहिले ट्याक्सको विषय छ । पोलिसी एकातिर छ, हाम्रो खातामा पैसा आयो, हामीले भ्याट तिर्नुपर्छ, तर हाम्रो खर्चको भ्याट आउँदैन । हामीले खर्च देखाउन नपाउने अवस्था छ ।

अर्को हाम्रा पेसामा जोडिएका श्रमिकहरुहरु ‘वर्किङ फ्रेमवर्क’ मा हुनुहुन्न । समग्रमा यही विषयलाई लिड गर्ने हो । यसभित्र धेरै कुराहरु छन् । अर्को मैले कोषको कुरा उठाइ रहेको छु । यो व्यवसाय र श्रमिकको हितमा छ । कोषबाट थप क्षतिपूर्ति दिएर राहतको महसुस गर्ने बनाउने भन्ने हो ।

जोखिममा परेका बिच्चल्लीमा परेका उनीहरुका बालबालिकालाई आधारभूत शिक्षा दिने भन्ने हो । नयाँ व्यवसायीको दुर्घटना भयो, दिर्घ रोग लाग्यो त्यहाँ टान पुग्नेछ । उक्त कोषलाई मैले पहिलो वर्षमा एक करोड पुर्याउने योजना बनाएको छु ।

हामी टानलाई आशाको केन्द्रको रुपमा विकास गर्नेछौं । टानमा मेम्बर बन्न बोलाउने छैनौं । व्यवसायी नै आफैँ टानलाई खोज्दै आउनेछन् ।
अर्को अन्नपूर्ण पदमार्ग जुन छुट्टिएको छ, अस्तव्यस्त छ, यसलाई पुनर्जिवित बनाउन पाइलट प्रोजेक्ट गरिनेछ । यसमा सर्भे गर्ने र सम्भावित पदमार्गको रुपमा विकास गरिनेछ ।

अर्को प्राइज कम्पिटिसनको कुरा उठेको छ । यसलाई एउटा बेन्चमा लैजानुपर्छ भन्ने हो । सबैले फियर प्राइजको आधारमा बेनिफिट लिनुपर्ने हुन्छ । यसमा फेयर ट्रेड लागु गर्नेछौं ।

अर्को सरकारसँग जोडिएका ट्याक्सको विषयहरु पनि छ । डलरमा हवाइ प्याकेज टिकटहरु हुने हुँदा १३ प्रतिशत भ्याट वान्छनिय छैन भन्ने हो । यसलाई शून्यमा ल्याउन राज्यसँग लविङ गर्नेछौं ।

एभरेष्ट एरियामा मात्र सेन्टरलाइज भएको मार्केटलाई डाइभरसिट गर्नुपर्ने अवस्था छ । त्यहाँ हुने ओभर क्राउड, होटलको समस्या, स्यानिटेसनको समस्या, फ्लाइटको समस्या म्यानेज गर्नेछौं ।

पर्यटकलाई सर्वसुलभ रुपमा राम्रो फ्लाइट कनेक्सन अहिलेको चुनौती छ, यसलाई समाधान गर्नेर्छौं । अब प्राइभेट टुरिजम सेक्टरले नेपाल एयरलाइन्सको ओभरल रिफमको लागि दबाब दिन आवश्यक छ । किनकी नेपाली एयरलाइन्सले ल्याएको टुरिन्टले नेपालको जिडिबीमा कति योगदान दिएको छ । त्यो प्रमुख कुरा हो । नेपाल एयरलाइन्सलाई रिर्फम गराउन सरकारलाई दबाब दिनु आवश्यक छ ।

चुनावमा एजेण्डा राम्रा बोक्ने तर काम नगर्ने अवस्था पनि छ । यसमा आफ्ना मतदातालाई कसरी विश्वस्त पार्नुहुन्छ ?

मेरो एजेण्डाहरु पूरा गर्छु भन्नेमा म विश्वास्त छु । म सक्ने भन्दा बढी आश्वासन दिन्न । पछिल्लो समय संघसंस्थामा राजनीति हावी भएको अवस्था छ ।

लिडर मुख्य पाटो हो, ऊ व्यवसायीक छ कि, के छ भन्ने हो ? म व्यवसायीको मुद्दा लिएर अगाडि बढेको छु, मलाई एकपल्ट अवसर दिनुहोस्, तपार्इंको समस्या मेरो समस्या हो भनेरै म लाग्ने छु । जे जति एजेण्डा मैले उठाएको छु ती एजेण्डा भनेको व्यबसायीहरुका एजेण्डा हुन्, मजदुर तथा कर्मचारीका एजेण्डा हुन् र ती एजेण्डालाई पुरा गर्न म भरपुर लाग्ने छु ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host