काठमाडौं । ट्रेकिङ एजेन्सीज् एशोसीयसन अफ नेपाल(टान) को ४६ औं साधारण सभामा अध्यक्षका उम्मेदवार सागर पाण्डेलाई विजयी गराउने गरी साझा समूह बनेको छ ।
पर्वतीय पर्यटन व्यवसायी तथा व्यवसायी, बरिष्ठ पर्यटन व्यवसायी पाण्डे (अध्यक्षता) नेतृत्वमा व्यवसायीक टीमसहित समझदारी गरिने सम्झौता भएको छ ।
शनिबार संस्थापक लोकतोन्त्रिक पर्यटन संघ(रेखाबहादुर अधिकारी(कुमार), गतिशील पर्यटन व्यवसायी समूह(निरोज कर्माचार्य), गतिशील पर्यटन व्यवसायी समूह(निरोज कर्माचार्य), पर्यटन व्यवसायी संगठन नेपाल(कुमार थापा), नेपाल पर्यटन व्यवसायी संगठन(नवराज पाण्डे) र शेर्पा पर्यटन व्यवसायी संघ(शोनाम ग्योल्जेन शेपा)बीच साझा समूह बनाउने सहमती गरेका हुन् ।
टानको साझा उम्मेदवारमा अध्यक्ष सागर पाण्डे, वरिष्ठ उपाध्यक्ष चोलेन्द्र बहादुर कार्की, प्रथम उपाध्यक्ष दावा लामा, द्धितीय उपाध्इक्ष निशेस थापा, महासचिव सोना ग्लाल्जेन शेर्पा, सचिव सजना त्रिपाठी,कोषध्यक्ष गणे प्रसाद न्यौपाने र सहकोषध्यक्ष डम्बर अधिकारी उम्मेदवार बन्ने भएका छन् । यस्तै महिला सदस्यहरुमा दृष्टि भण्डारी, सदस्यहरुमा अम्बीर बहादुर गुरुङ, उत्सव ढकाल, पुर्व छिरिङ भोटे, माधव धमाला रहेका छन् ।
उक्त उम्मेदवारी आज घोषणा गरिँदैछ ।












