Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

साधना प्रधान संघर्षकी प्रतीक : अष्टलक्ष्मी शाक्य

साधना प्रधान संघर्षकी प्रतीक : अष्टलक्ष्मी शाक्य

काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले साधना प्रधान संघर्षकी प्रतीक भएको बताएकी छन् । अखिल नेपाल महिला संघ र साधना स्मृति समाजद्वारा आयोजित ‘नेपाली महिलाले पहिलो पटक मताधिकार प्रयोग गरेका दिन’ तथा प्रथम महिला जनप्रतिनिधि साधना प्रधानको स्मरणमा आयोजित सम्मान र पुस्तक विमोचन कार्यक्रममा बोल्दै शाक्यले साधना प्रधानलाई संघर्षको, सम्मान र निरन्तरताको प्रतीकको रूपमा लिनुपर्ने बताइन् ।

Subisu

प्रधानले राणा शासनविरुद्ध महिलाहरुको लागि शिक्षा, मताधिकार, लोकतन्त्रका लागि निरन्तर संघर्ष गरेको उपाध्यक्ष शाक्यले बताइन् । उनले प्रधान लगायतका महिला नेत्रीहरूका कारण देश संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको उनले बताइन्। उनले निरन्तर संघर्ष गरिरहे समाजवादको लक्ष्यमा पनि एकदिन पुग्ने दाबी गरिन् ।

उनले भनिन्, ‘साधना दिदीले राणा शासनको विरुद्ध आवाज उठाउँदै मताधिकार, शिक्षा र लोकतन्त्रका लागि संघर्ष गर्नुभयो । जुन आँट र संघर्ष गर्नुभयो । त्यो प्राप्तिले गर्दाखेरी आज हामी यो ठाउँमा आइपुगेका छौं ।’ उनले साधना प्रधान जस्तै राजनीतिमा निरन्तरता दिन महिलाहरूलाई आग्रह गरिन् । पहिलो महिला मुख्यमन्त्रीको जिम्मेवारीमा पुगि सकेकी शाक्यले घरको जिम्मेवारी सम्हालेर पुरुषलाई राजनीतिक अभियानमा लाग्न प्रेरित गर्ने महिलाको भूमिकालाई पनि राजनीतिक रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिइन् ।

विवाह पश्चात साधना प्रधानले घरको जिम्मेवारी सम्हालेकै कारण मनमोहन अधिकारी राजनीतिको उच्चतम तहमा पुग्न सफल भएको स्मरण गर्दै शाक्यले महिलाको त्यस्तो योगदानलाई राजनीतिक आन्दोलनकै रूपमा मूल्यांकन गर्नुपर्ने बताइन् ।

कार्यक्रममा नेपाल महिला संघकी अध्यक्ष उषा रावतले आफ्नो संगठनले अगुवा राजनीतिक महिलाहरूको दस्तावेज राख्ने काम गरिरहेको भन्दै साधना प्रधानको राजनीतिक जीवनीको किताबले त्यस कार्यमा मार्गनिर्देश गर्ने बताइन् ।

त्यस्तै, नेकपा माओवादी केन्द्रकी नेतृ तथा पूर्वमन्त्री शशी श्रेष्ठले सबै राजनीतिक महिलाहरूको साझा आन्दोलनकै परिणाम स्वरूप अहिलेको उपलब्धी सम्भव भएको भन्दै त्यसको रक्षा गर्न सबै दलका महिला एक हुनुपर्ने धारणा राखिन् ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका महिला नेता, सांसद, पूर्वमन्त्री, स्थानीय तहका महिला प्रतिनिधि लगायतको सहभागिता थियो ।
कार्यक्रममा नेकपा एमाले नेतृ तथा अनेमसंघ इन्चार्ज सीता पौडेल, काठमाडौं महानगरपालिकाका पूर्व मेयर विद्या सुन्दर शाक्यलगायतले साधना प्रधानको राजनीतिक जीवनबारे आफ्ना धारणा राखेका थिए ।

साधना स्मृति समाजका अध्यक्ष शान्ति अधिकारीले भदौ १७ लाई अब प्रत्येक वर्ष दिवसका रूपमा मनाउन र साधना प्रधानको राजनीतिक संघर्षले प्राप्त उपलब्धीको स्मरण गर्न समाज स्थापना गरिएको बताइन् । त्यस्तै, अनेमसंघ अध्यक्ष टुकाभद्र हमालले अब यसको नेतृत्व अनेमसंघले लिने प्रतिबद्धता जनाइन् ।

अनेमसंघकी अध्यक्ष टुकाभद्र हमालको अध्यक्षतामा भएको कार्यक्रममा साधना प्रधानको राजनीतिक जीवन समेटिएको पुस्तक साधना विमोचन गरिएको थियो । साधना स्मृति समाजले प्रकाशन गरेको पुस्तकको संयोजन डा. बिन्दा पाण्डेले गरेकी हुन् ।

यस्तै विषम राजनीतिक अवस्थाका क्रममा आन्दोलनको अगुवाई गरेका दुई महिलालाई सो अवसरमा सम्मान गरिएको छ । २०४३ सालमा तत्कालीन चम्पादेवी गाउँ पञ्चायत (कीर्तिपुर)मा उपप्रधानपञ्चमा निर्वाचित भवानी रिजाल (भानु) र तत्कालीन इटहरा गाउँ पञ्चायत मोरङमा उपप्रधानपञ्चमा निर्वाचित गंगा डाँगीलाई सम्मान गरिएको हो ।

कार्यक्रममा सम्मानित दुवै महिला नेताहरूले भूमिगत अवस्थामा आफुले गरेको राजनीतिक संघर्षको स्मरण गरेका थिए ।
यस्तै कार्यक्रममा मतदानमा महिलाको मताधिकार स्थापित गराउन सफल भएको दिनको सम्झनामा भदौ १७ गतेलाई सदैव स्मरण गरिने बताइएको छ ।

पहिलो जननिर्वाचित महिला नेता साधना प्रधान र उनले महिलाको मताधिकार स्थापित गर्न गरेको राजनीतिक संघर्षको प्रतिफलका रूपमा भदौ १७ लाई विशेष दिनका रूपमा मनाउन सुरु गरिएको हो । साधना प्रधान पहिलो जननिर्वाचित महिला नेता मात्र नभएर, पहिलो महिला सम्पादक र एसएलसी पास गर्ने पहिलो चार महिलामध्ये एक थिइन् ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host