Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

गुन्द्रुकबाटै समृद्ध खोज्दै ‘रोङ गाउँपालिका’

सम्झना पौडेल

गुन्द्रुकबाटै समृद्ध खोज्दै ‘रोङ गाउँपालिका’

नेपालमा स्थानीय तह बाँडफाँड भएको झण्डै एक दशक पुग्न लागि सकेको छ । हालसम्म आइपुग्दा कतिपय स्थानीय तहले दीर्घकालीन महत्वका काम गरेर चर्चा पाएका छन् भने कतिपय ठूलाठूला भौतिक पूर्वाधार, भ्यू टावर निर्माण गरेर चर्चा पाएका छन् । तर, स्थानीय समुदाय त्यसमा पनि किसानहरुलाई प्रत्यक्ष फाइदा पुग्ने र स्थानीय उत्पादनको बजार निश्चित गर्नेगरी योजना बनाउने स्थानीय तह भने कमै भेटिन्छन् ।

त्यस्तै गाउँपालिकामध्ये एक हो, इलामको रोङ गाउँपालिका । जसले गुन्द्रुकबाटै समृद्धिको कल्पना गरिरहेको छ । रोङ साविकका चार गाउँ विकास समिति (कोल्बुङ, इरौंटार, जिर्मले र शान्तिपुर) मिलेर बनेको गाउँपालिका हो । गाउँपालिकामा ६ वटा वडा छन् । प्रशासनिक केन्द्र कोल्बुङमा रहेको यस गाउँपालिकाको क्षेत्रफल १५५.०६ वर्गकिलोमिटर छ । २०७८ सालको जनगणना अनुसार गाउँपालिकाको कुल जनसंख्या १७ हजार ३ सय ६७ छ ।

Subisu

रोङमा लोपोन्मुख लेप्चाससहित ब्राह्मण/क्षेत्री, राई, लिम्बू, मगर, तामाङ, गरुङ, विश्वकर्मा, दर्जी, सार्की, भुजेल/खवास, सुनुवार/मुखिया र सन्यासीलगायतको बसाबोबास गर्दै आएका छन् । यही विविधताभित्र एकताले भरिएको रोङ गाउँपालिकाले ठूलो काम गरेर होइन, फरक काम गरेर जनताको मन जित्न सफल भएको छ । गाउँपालिकाको अध्यक्ष मनिकुमार स्याङ्बो छन् भने उपाध्यक्ष बिष्णु माया खवास छिन् ।

गुन्द्रुकबाटै समृद्धिको खोजी

रोङ गाउँपालिकाले स्थानीयले उत्पादन गरेको मुला र रायोको सागबाट व्यवसायिक रुपमा गुन्द्रुक उत्पादन थालेको छ । गुन्द्रुकको बजार राम्रो रहेकाले गाउँपालिकाले गुन्द्रुक उत्पादनमा जोड दिएको हो । गुन्द्रुक बजार पुर्‍याइसकेपछि ८० प्रतिशतभन्दा बढी रकम गाउँमा आउने अध्यक्ष मनिकुमार स्याङ्बो बताउँछन् ।

गुन्द्रुकपछि सिस्नो, करेला, खुर्सानी, बेसार, मह लगायतका १५ वटा स्थानीय उत्पादनहरुमा जोड दिने अध्यक्ष स्याङ्बोको भनाइ छ । स्याङ्बा भन्छन्, ‘पहिलेजस्तो पोको पारेर लथालिंग तरिकाले किसानको उत्पादन बेच्न सकिँदैन । क्वालिटी, क्वान्टिटी र कन्टिन्यूमा जोड दिनुपर्छ । जुन हामीले गर्दै आएका छौं ।’

गुन्द्रुक उत्पादनका लागि कारखाना नै सञ्चालन गरिएको छ । प्रायः खेर जाने सागबाट गाउँपालिकाको अग्रसरतामा गाउँमै गुन्द्रुक उत्पादन हुन थालेपछि किसानहरू दंग छन् ।

सबै व्यवस्थापन सहकारीले गर्ने गरेको छ । सहकारीलाई प्रतिकिलो २ सय रुपैयाँ उत्पादनमा आधारित अनुदान दिइएको छ । कच्चा पदार्थ किन्नेदेखि सबै सहकारीले गर्छ । मेसिन, फ्याक्ट्रिहरु गाउँपालिकाले व्यवस्थापन गरेको छ । अध्यक्ष स्याङ्बो भन्छन्,‘मान्छेहरु गुन्द्रुकले समृद्धि आउँछ भन्छन् । तर हामी गुन्दु्रकबाटै समृद्धि ल्याउने तयारीमा छौं ।’ गुन्द्रुक उत्पादनबाट १२ जना महिलाले ७० दिनसम्मको काम पाएका छन् ।

अध्यक्ष स्याङ्बो थप्छन्, ‘साना उद्योगलाई प्रवद्र्धन गर्दा रोजगार सिर्जना त्यही हुन्छ । बिक्री वापतको ७० प्रतिशत पैसा गाउँ छिर्छ । रिसोर्ट खोल्नुस्, वियर बेच्नुस् । १० प्रतिशत पैसा यहाँ रहन्छ । बाँकी बाहिरिन्छ । त्यो हिसाबले ग्रामीण अर्थतन्त्र मजबँुद गराउन पैसा बाहिर जाने भन्दा पनि भित्रै ल्याउने यस्ता कार्यक्रमहरु तयार गर्नुपर्‍यो ।’

गुन्द्रुकका लागि बजार अनलिमिटेड रहेको उनी बताउँछन् । ‘हामीसँग २ सय ६५ वटा पसल छ । सामुदायिक कम्पनीसँग साझेदार गरेर बजारमा लैजाने तयारी गरेका छौं । सहकारीको उत्पादन गाउँको राजा हुन्छ तर बजार निस्किँदासम्म हराइ हाल्छ । व्यापारीहरुको व्यवसायीक सर्कल छैन । नेटवर्क छैन । मार्केट रिलेसन हो । हामी समन्वय गरेर काम गर्नेछौं । गुन्द्रुकलाई प्रमाणीरकण गर्ने तयारीमा छौं’अध्यक्ष स्याङ्बो भन्छन्, ‘बजारको गुन्द्रक सस्तो छ, हाम्रो महंगो पर्न जान्छ । बजारको गुन्दु्रकमा श्रमको, कच्चा पदार्थको हिसाव गरेको छैन । नेपालभरीनै गुन्द्रकको उत्पादन संस्थागत छैन । व्यावसायिक छैन । टेस्टको एकरुपता छैन । सरसफाइको ग्यारेन्टी छैन् । यी सबै कुरालाई स्टान्डर म्येन्टेन गर्ने गरी हामीले टेक्नोलोजी राखेर काम गरेका छौं ।’

यसका लागि स्वीस फण्डको पनि लगानी रहेको छ । एक दुई वर्षमा गुन्द्रुक उत्पादनको च्यालेन्ज जति छ मार्केट पनि त्यतिकै रहेको अध्यक्ष स्याङ्बो बताउँछन् । उनी भन्छन्, ‘हाम्रो गुणस्तरीय गुन्द्रुक खाने उपभोक्ता विस्तारै रोङकै गुन्दु्रक चाहिन्छ भनेर पछि लाग्नेछन् ।’

एक वडा एक उद्योग

गाउँपालिकाले ‘एक वडा एक उद्योग’ को संरचना अनुसार सबै वडामा उद्योगहरु सञ्चालन गरिरहेको छ । १ र ६ नम्बर वडामा गुन्द्रुक, चियापत्ति, तिते करेला उद्योग सञ्चालन गरिरहेको छ भने वडा नं.५ मा कुँच्चोको ब्राडिङ गर्ने, स्कुसको चाना ‘ड्राइ’ सुक्खा गर्ने, र करेलाको चाना सुक्खा गर्ने काम गरिरहेको छ ।

गाउँपालिका उपाध्यक्ष बिष्णु माया खवास भन्छिन्, ‘हामीले सुकेको उत्पादन पनि बेच्न सकिन्छ भनेर बजारमा ल्याइसकेका छौं । ६ वटै वडामा एउटा/एउटा उद्योगहरु सञ्चालन गरिएको छ । २ नम्बर वडामा टपरा उद्योग, सुपारीको पात, खपटाको टपरो उद्योग सञ्चालन गरिसकेको छौं ।’

पर्यटन प्रवर्द्धन

रोङ पर्यटकीय स्थलका कारण चर्चित छ । यहाँको पाथीभरा मन्दिरमा बर्सेनी हजारौं पर्यटक आउँछन् । पहिले यो पाथिभरा मन्दिर विशुद्ध समितिबाट मात्रै सञ्चालन थियो । त्यसलाई अहिले कार्यविधि ऐन, संशोधन गरेर गाउँपालिकाको एकल अधिकारभित्रको सूचीमा राखिएको छ । मन्दिरको आम्दानी एक वर्षमा एक करोड ६६ लाख रुपैयाँ उठेको छ ।

पूर्व उपप्रधानमन्त्री तथा जलस्रोत सिचाई तथा उर्जा मन्त्री राजेन्द्र लिङ्गदेन पाथिभरा मन्दिरमा । तस्बिरः रोङ गाउँपालिका

उपाध्यक्ष खवास भन्छिन्,‘हामीले मन्दिर गाउँपालिका मातहतमा ल्याउन सफल भयौं । यसबाट उठ्ने भेटी रकम पहिला जम्मा २७ लाख थियो । अहिले हामिले एक करोड ६६ लाख भेटी आम्दानी ल्याउन सफल भएका छौं ।’ यस्तै यहाँको भूगोल प्वाइन्ट पनि पर्यटकको हिसाबले प्रख्यात छ । ३ नम्बरबाट ६ नम्बरसम्म पुग्न १६ किलोमिटर हिँड्नुपर्छ । गुगल प्वाइन्टबाट घाँम झुल्किएको दृश्य राम्रो देखिन्छ । अहिले यहाँ पर्यटनको फ्लो बढेको छ । अर्को आले डाडाँ भन्ने छ । चिसापानी डाडाँ भन्ने ५ नम्बर वडामा छ । त्यहाँ झापा, मोरङ, सुनसरी धरान र भारतबाट समेत गर्मी छल्न आइपुग्छन् ।

यस्तै युएन डिपीको साझेदारिमा करिब २ करोडको सहयोगमा पर्यटकहरु बस्ने घरहरु बनाइएको छ । टायलहरु बिच्छाइएको छ । सिडिहरु हालिएको छ । ठाउँठाउँमा डस्टविनहरु राखिएको छ । शौचालय बनाइएको छ । यस कारणले पनि गाउँपालिकामा पर्यटकहरुको संख्या बढेको उपाध्यक्ष खवास बताउँछिन् ।

कृषिलाई प्राथमिकता

ग्रामीण अर्थतन्त्रको जड नै राष्ट्रिय अर्थतन्त्रको विकास हुनु हो । ग्रामीण अर्थतन्त्रको जग बलियो बनाउन हाम्रो परिवेश, रहनसहन, यहाँका नागरिक केमा आवद्ध छन् त्यसमा ध्यान दिनु आवश्यक छ ।

यस गाउँपालिकाका ९० प्रतिशत भन्दा बढी नागरिक कृषिमा आवद्ध छन् । त्यसकारण गाउँपालिका कृषिमै बढी केन्द्रित रहेको छ । गाउँपालिका अध्यक्ष स्याङ्बो थोरै पैसाले हुने कामहरु गाउँपालिकाले गर्दै आएको बताउँछन् ।

स्याङ्बो भन्छन्, ‘निर्वाहभूमी खेती प्रणाली छ । डिलमा अम्रिसो रोपेको छ, त्यही अलैची रापेको छ, बीचमा पीडालु रोपेको छ । एउटै गह्रामा दश वटा खेति गरेको छ । जसले उत्पादन थोरै हुन्छ । थोरै उत्पादनले पुग्दैन । अहिले पनि विनिमय प्रणाली जिन्सी नै छ । त्यसलाई क्यासमा कन्भर्ट गर्न सकेको छैन । हामीले त्यो गर्न लागेका छौं ।’

रोङ गाउँपालिकाको आयोजनामा अपाङ्गता भएका व्यक्ति र परिवारहरुलाई दिइएको कुच्चो ब्यान्डिङ सम्बन्धी तालिम । तस्बिरःरोङ गाउँपालिका

उत्पादनलाई क्वालेटी मेन्टेन गरेर सहकारीलाई कलेक्सन सेन्टरको रुपमा स्थापित गर्ने गाउँपालिकाको योजना रहेको छ । यस्तै सहकारीलाई प्रशोधन प्लान दिने, त्यसको मूल्य श्रृंखला वृद्धि भ्यालु चेन्ज ब्राण्डिङ प्याकेजसहित गर्ने र बजारीकरण गर्ने आफुहरुको मुख्य योजना रहेको अध्यक्ष स्याङ्बोको भनाइ छ ।

यस्तै गाउँपालिकाले विशेष अनुदान ल्याए । प्रशोधन प्लान बनाउने योजना पनि बनाएको छ । अध्यक्ष स्याङ्बो भन्छन्,‘नेपालको ८० प्रतिशत शित भण्डार आइडल छ । यसका थुप्रै कारणहरु छन् । यो खर्चालु छ, निकालेपछि दुई दिनमा सप्लाइ भएन भने बिग्रिन्छ । त्यसकारण हामीले सुकाएर समय र रुप परिवर्तन गर्न सकिने सुक्खा प्लान एउटा निजीसहित ४ वटा ल्याउने तयारी गरेका छौं ।’

गुरु किसान तयार गर्दै

गाउँपालिकाले अहिले गुरु किसान तयार गर्न कार्यविधि तयार गरेको छ । आवेदन अनुसार अनुगमन गरेर पास हुनेलाई गाउँपालिकाले गुरु किसान बनाउँनेछ ।

अध्यक्ष स्याङ्बो भन्छन्,‘गुरु किसानलाई पहिला पढाउँछौं । पुस्तक उपलब्ध गराउँछौं । जलवायु परिवर्तन अनुकुलित भएर खेती गर्न सिकाएका छौं । डिजिटल प्रणालीमा उनीहरुलाई जोडेका छौं ।’ किसानको सम्मान उच्च रहोस् भनेर गुरु किसानको छुट्टै लोगो बनाइएको छ भने किटव्याग छ । डटपेनदेखि डाइरीसम्म सबै कुरामा किसान लेखिएको छ । उपस्थिति कार्यक्रममा गुरु किसानलाई अथिति आसन ग्रहण गराउने भन्ने छ । यसमा १५९ जनाको आवेदन परेको अध्यक्ष स्याङ्बो बताउँछन् । गाउँपालिकाले एफइओको सहयोगमा डिजिटल भिलेज बनाउने तयारी गरेको छ । २० वटा डिजिटल इनेवल हल बनाउने तयारी छ । तालिम व्यवस्थापन कार्यविधि तयार गरिएको छ ।

सडक र स्वास्थ्य पूर्वाधार

गाउँपालिकाले पूर्वाधार विकासमा जोड दिँदै आएको छ । कच्चि बाटो होस् वा मोटरेबल नपुगेको ठाउँ छैन् । गाउँपालिका उपाध्यक्ष खवास भन्छिन्,‘सडकलाई स्तरोन्नतिका लागि ग्राबेलका साथै १६ सय किलोमिटर पक्की नाली बनाउने काम भएको छ ।’

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पक्की नाली बनाउन जनशक्तिलाई दिइएको अभिमुखीकरण कार्यक्रममा सहभागी । तस्बिरः रोङ गाउँपालिका

गाउँपालिका अध्यक्ष स्याङ्बो भन्छन्,‘सडक एक हजार किलोमिटर भन्दा प्लस छ । हेब्बी इक्युमेन्ट हामी सबै आफैले किनेका छौं । खन्ने मेसिनले गर्ने काम हामी स्थानिय समुदायसगको सहकार्यमा सबै आफैले गछौं । बाँकी रहेको पैसा सबै स्टक्चर संरचनामा खर्च गर्दैछौं ।’
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत यो वर्ष १ हजार ५६ मिटर पक्की नालि बनाइएको उनले बताए । स्याङ्बो भन्छन्,‘कन्ट्याक्टरको भन्दा राम्रो बनायौं । काममा फिनिसिङ छ,गुणस्तर छ माया छ । त्यो अपनत्व हामीले किनेका छौं । हामीसँग बाटो छ ।’

‘कन्ट्याक्टरको भन्दा राम्रो बनायौं । काममा फिनिसिङ छ,गुणस्तर छ माया छ । त्यो अपनत्व हामीले किनेका छौं । हामीसँग बाटो छ ’

अघिल्लो कार्यकालमा साढे ८ किलोमिटर पक्की नालि बनेछ । २ वर्षको असार सम्ममा १४ प्लस किलोमिटर पक्कि नालि बनाएछौं । यो वर्ष वर्षमा १० किलोमिटर पक्कि नालि बनाउन सकिन्छ कि भनेर सारा भएका पैसालाई पक्कि संरचना बनाउँदा ३ वर्षमा ३० किलोमिटर बन्ने छ । यस्तै राज्यले धेरै लगानी गर्ने नदेखिएका एउटा सिटामोल नपाउने, डाक्टरको पहुँचमा नपुग्ने अवस्थामा प्रत्येक टोल–टोलमा हप्ताको एक दिन स्वास्थ्य शिविर गर्ने गरिएको उपाध्यक्ष खवास बताउँछिन् । प्रत्येक टोलमा स्वास्थ्य शाखाको स्वयम् सेविका र कर्मचारी जाने, गाउँपालिकाले प्रत्येक टोलमा सेडुल बनाइएको छ । यस्तै गाउँपालिकाले रोगको खोजी गरिरहेको छ । महिलालाई विशेष गरेर स्तन क्यान्सर र पाठेघरको क्यान्सर बढी देखा परेका कारण आवद्ध सबै पुरुष,ज्येष्ठ नागरिक बालबच्चाहरुलाई रोगको खोजी कार्यक्रम राखेर सबै वडामा सञ्चालन गरिएको छ ।

गाउँपालिका आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविर । तस्बिरः रोङ गाउँपालिका

ज्येष्ठ नागरिकहरुलाई सूचनाबाट वञ्चित नहुन भनेर सबै ज्येष्ठ नागरिकलाई रेडियो वितरणको कार्यक्रम पनि सञ्चालन गरेको छ । प्रत्येक शाखाका कर्मचारीलाई प्रत्येक वडामा आइसीटीको निःशुल्क तालिम पनि दिएको छ ।

ज्येष्ठ नागरिकलाई रेडियो वितरण गर्दै । तस्बिरःरोङ गाउँपालिका

बाल बचत अभियान

शिक्षा क्षेत्रमा गाउँपालिकाले बाल बचत शुरु गरेको छ । नर्सरीदेखि १२ कक्षासम्म गाउँपालिकाले स्कुल आएको दिनदेखि रु १ बचत गर्दिने र अभिभावकले दिनको कति सक्छ राखिदिने गर्दछन् । बैंकले १ रुपैयाँ खातामा हाल्दिन्छ । ‘हामीले अघिल्लो वर्षदेखि यो शुरु गरेका छौं । यसको संरक्षक अभिभावक नै बस्छन् । अभिभावकले विद्यार्थी १२ कक्षा नपढेसम्म त्यो पैसा निकाल्न पाउँदैनन् । यसको उद्देश्य उच्च शिक्षा हासिल गर्न टेवा पुगोस् भन्ने हो । २५ सय विद्यार्थी छन् । गाउँपालिकाको ६ लाख जति गएको छ । सबै विद्यार्थीलाई छुट्याएको छैन’ उपाध्यक्ष खवास भन्छिन् ।

उद्यमशिलताभित्र थुप्रै अनुशासनहरु चाहिन्छ । त्यसभित्रको मेजर अनुशासन भनेको वित्तीय अनुशासन हो । वित्तीय साक्षरतालाई फोकस गर्ने, बचतको संस्कार बसाल्ने, उच्च शिक्षाको आर्थिक अभावलाई टार्ने भनेर भनेर गाउँपालिकाले बचत सिस्टम ल्याएको छ ।
अध्यक्ष स्याङ्बो भन्छन्, ‘सबै विद्यार्थीको बैंक खाता खोल्दिएका छौं । एकाउन्ट नन अप्रेटिङ सिस्टममा छ । त्यो गाउँपालिकाको सिफासिरसमा उच्चशिक्षा लिन जाँदा मात्र हामी सिफारिस गछौं ।’

उहाँहरुलाई मोबाइल बैंकिङदेखि लिएर वित्तीय साक्षरता कसरी अप्रेट गर्ने बैंकिङ कारोबारभित्र कसरी कारोबार गर्ने विषयमा ओरेन्टेशन दिएर मोबाइल एप्लिकेशन डाउनलोड गरेर दिने गरिएको अध्यक्ष स्याङ्बो बताउँछन् ।

असारसम्म उक्त रकम १९ लाख पुगेको गाउँपालिकाले जनाएको छ । यो भविष्यमा तीन तहको सरकारले छात्रवृत्तिमा गर्दै गरेको खर्च रोकेर यो सेभिङ सिस्टममा लगाउने हो भने दिनको १५ रुपैयाँ दिन पुग्ने अध्यक्ष स्याङ्बो बताउँछन् ।

अहिले गाउँपालिकाका विद्यालयमा आइसिटी डिभ्वाइस पाँच करोडको इनस्टल गरिएको छ । सबै विद्यालयमा स्मार्ट बोर्ड छ । सीसी क्यामरा छ । कम्प्युटर ल्याव छ । ‘अब हामीसँग भएका जनशक्तिलाई दक्ष र सकारात्मक बनायौं भने परिणाम निकाल्न सकिन्छ’ अध्यक्ष स्याङ्बो भन्छन् । अब असहाय पनि मावि लेभवसम्म पढाउने भनेर ४४ जनाको डाटा संकलन भइ सकेको उनले बताए ।

‘उद्यमशिलताभित्र थुप्रै अनुशासनहरु चाहिन्छ । त्यसभित्रको मेजर अनुशासन भनेको वित्तीय अनुशासन हो । वित्तीय साक्षरतालाई फोकस गर्ने, बचतको संस्कार बसाल्ने, उच्च शिक्षाको आर्थिक अभावलाई टार्ने भनेर भनेर गाउँपालिकाले बचत सिस्टम ल्याएको छ’

अभिभावक शिक्षा

गाउँपालिकाले सामुदायिक विद्यालयका अभिभावकलाई शिक्षा दिने उद्देश्यले ‘अभिभावक शिक्षा’ लागू गरेको छ । शिक्षकले पढाएनन् भन्ने व्यापक गुनासो आएपछि अभिभावकको कार्यविधि बनाएर अभिभावक शिक्षा लागू गरिएको हो । तीनै शिक्षकलाई प्रशिक्षक बनाएर अभिभावलाई महिनाको एक पटक प्रशिक्षण गरिने गरिएको छ ।

यस्तै अभिभावक शिक्षामा, बाल स्वाहार, पोषण, जिम्मेवारी, अधिकार, कतव्र्य जस्ता विषयहरुलाई समेटेर सहजीकरण पुस्तिका पनि गाउँपालिकाले तयार गरेको छ ।

अध्यक्ष स्याङ्बो भन्छन्,‘अभिभावक महिनामा एक दिन अनिवार्य स्कुल आउनुपर्छ । नआएमा सिफारिस रोक्नेसम्म कानून बनाएका छौं । हामीसँग ६० जना सहजकर्ता छन् । सहजकर्ता शिक्षकभित्रैबाट छन् । महिनामा एक दिन उहाँहरु जानुहुन्छ, पढाउनुहुन्छ ।’

पछिल्लो समय अभिभावक शिक्षा अत्यन्तै राम्रो र प्रभावकारी भएको उनी बताउँछन् । यसले शिक्षकलाई मात्र गालि गरेर शिक्षाको गुणस्तर नसुध्रने रहेछ भन्ने जिम्मेवारी बोध भएको अध्यक्ष स्याङ्बोको भनाइ छ । यस्तै गाउँपालिकाले शिक्षकले न्यूनतम जान्नुपर्ने प्रविधि कति हो भनेर स्लेवस पनि पास गरेको छ । सोही अनुसार पुस्तक पनि तयार गरेको छ ।

स्याङ्बो भन्छन्, ‘१० वटा सेन्टरमा सबै शिक्षकहरु एक महिनाका लागि कम्प्युटर पढ्दैछन् । बेसिक कम्प्युटर सिक्दैन् । हामीसँग उपलव्ध भएका शिक्षा, स्वास्थ्य, कृषिका सबैतिरको जनशक्तिहरुलाई तालिम दिएर परीक्षा लिने तयारी छौं । त्यो हिसाबले जनशक्ति व्यवस्थापन गरिरहेका छौं । उनीहरुलाई सकारात्मक सोच उन्मुख गराउनका लागि ध्यान शिविर, योग शिविर, जोडेर क्रमशः अगाडि बढाउँदैछौं ।’

 

 

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

ताजा समाचार

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host