Outline Khabar
शनिबार, कार्तिक १, २०८३
Saturday, October 17, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शनिबार, कार्तिक १, २०८३
Saturday, October 17, 2026
                                                       
No Result
View All Result

पहिरोले ११ सडक अवरुद्धः पृथ्वी राजमार्गदेखि कर्णाली राजमार्गसम्म यातायात ठप्प

पहिरोले ११ सडक अवरुद्धः पृथ्वी राजमार्गदेखि कर्णाली राजमार्गसम्म यातायात ठप्प

काठमाडौं। निरन्तरको वर्षासँगै बाढीपहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ।

सडक विभागका अनुसार वर्षाका कारण केही सडक अवरुद्ध छन् भने केहीमा पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।

Subisu

सडक विभागले शुक्रबार बिहान सार्वजनिक गरेको विवरणअनुसार ११ वटा प्रमुख राष्ट्रिय राजमार्ग तथा सडकखण्डमा वर्षाजन्य समस्या देखिएको छ।

वर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीर, चाक्लिङभीर, जवाङ खोला र फिस्लिङलगायत स्थानमा यातायात प्रभावित भएको छ। निरन्तर वर्षाका कारण स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्म यातायात सञ्चालनमा रोक लगाएको छ। विभिन्न स्थानमा पहिरो पन्छाउने काम सुरु गरिएको र राजमार्ग पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको विभागले जनाएको छ।

त्यस्तै बीपी राजमार्ग अन्तर्गत माढी, पिप्ले, डाँडेखेत–काभ्रेपलाञ्चोक, चारसयबेँसी, कडुन्जे र चौकीडाँडालगायत क्षेत्रमा सडक अवरुद्ध भएको छ। पहिरो तथा ड्राइभर्सन बगाएका कारण अवरुद्ध सडक पुनः सञ्चालनमा ल्याउन प्रयास भइरहेको छ।

कान्ति राजमार्ग अन्तर्गत चपली र तिनकुने क्षेत्रमा पनि सडक प्रभावित भएको छ। मकवानपुरतर्फ पहिरो पन्छाएपछि यातायात सञ्चालनमा आएको छ भने ललितपुरतर्फ पहिरो हटाउने काम जारी छ।
सिद्धिचरण राजमार्ग अन्तर्गत ओखलढुंगा–सल्लेरी खण्डको सोलुखोला नजिक सडक अवरुद्ध भएको छ। सडक भासिएपछि रक ब्रेकरसहित एक्साभेटर र ह्विल लोडर परिचालन गरिएको छ। थप वर्षा नभएमा ब्याक कटिङ गरी शुक्रबार बेलुकासम्म यातायात सुधार गर्ने प्रयास भइरहेको विभागले जनाएको छ।

त्यस्तै मध्यपहाडी राजमार्ग अन्तर्गत निसी गाउँपालिका–कानाबगर क्षेत्रमा सडक अवरुद्ध छ। लेदो र पहिरो आउने क्रम जारी रहेकाले पहिरो हटाउने काम भइरहेको छ भने मेसिन साइटमै स्ट्यान्डबाइ राखिएको छ।

कालीगण्डकी करिडोर अन्तर्गत जैमिनी नगरपालिका–४, बेलबगरमा सडक अवरुद्ध भएको छ। ठूलो पहिरो गएको क्षेत्रमा पहिरो हटाउने मेसिन साइटमै राखिएको विभागले जनाएको छ।

बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीमा पनि सडक अवरुद्ध छ। यहाँ पहिरो हटाउन मेसिन परिचालन भइसकेको छ।

यसैगरी तमोर करिडोर (मुलघाट–किदिम) अन्तर्गत उँखु खोला, नावा खोला र रानीगाउँ क्षेत्रमा सडक अवरुद्ध भएको छ। खोलामा बहाव कम हुनासाथ सडक खुलाउने प्रयास गरिने विभागले जनाएको छ।

राप्ती राजमार्ग अन्तर्गत कपुरकोट–खारखोला क्षेत्रमा पहिरो हटाउने काम भइरहेको छ।

कर्णाली राजमार्ग अन्तर्गत गगने खोला, नाग्म–गमगाडको राँका क्षेत्र, बाजुरासिमल–दैलेखखोला तथा हारे नजिक सडक अवरुद्ध भएको छ। साना–ठूला पहिरो तथा ढुंगा खसेका स्थानमा पहिरो पन्छाउने काम जारी छ। विभागले हरेक लोकेसनमा लोडरसहितको टोली परिचालन गरेको जनाएको छ।

भालुवाङ–चन्द्रौटा–लिवाङ सडक का विभिन्न स्थानमा भने आंशिक अवरोध रहेको छ। साना सवारीसाधन सावधानीपूर्वक सञ्चालनमा रहेको र मेसिन परिचालन गरी पहिरो तथा ढुंगा हटाउने काम जारी रहेको विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोड बजेट स्वीकृत, आन्तरिक स्रोतबाट पनि ५६ करोड खर्च गर्ने

बाढीपहिरोको शोकबीच दसैँ, विदेशिने नेपालीको पीडा बदल्ने प्रधानमन्त्री बालेनको प्रतिबद्धता

निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत् व्यापारको बाटो खुल्यो

निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत् व्यापारको बाटो खुल्यो

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं महानगरको मोटरसाइकल एम्बुलेन्स सुरु, दक्ष जनशक्ति बिरामी भएको ठाउँमा पुग्ने

काठमाडौं महानगरको मोटरसाइकल एम्बुलेन्स सुरु, दक्ष जनशक्ति बिरामी भएको ठाउँमा पुग्ने

टेलिकमको वार्षिक इन्टरनेट प्याकेज ४ हजार ९९९ रुपैयाँमै, प्रधानमन्त्रीले गरे प्रचार

टेलिकमको वार्षिक इन्टरनेट प्याकेज ४ हजार ९९९ रुपैयाँमै, प्रधानमन्त्रीले गरे प्रचार

कांग्रेस महाधिवेशनमा उम्मेदवारको मनोनयन सोमबार

कांग्रेसले आफ्नै खर्चमा खुलामञ्चको मर्मत गर्ने, ४५ दिनको समयसीमा

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host