काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा रेमिट्यान्स आप्रवाह ३९.८ प्रतिशतले बढेको छ। यो अवधिमा .१२ खर्ब ६१ अर्ब १ करोड रेमिट्यान्स आएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ७.५ प्रतिशतले बढेको थियो।
माघ महिनामा १ खर्ब ९८ अर्ब ८ करोड रेमिट्यान्स आएको छ। अघिल्लो माघमा १ खर्ब ३७ अर्ब ५० करोड रेमिट्यान्स भित्रिएको थियोे।
सात महिनामा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३३.० प्रतिशतले वृद्धि भई ८ अर्ब ८६ करोड पुगेको छ। अघिल्लो
वर्ष यस्तो आप्रवाह ५.५ प्रतिशतले बढेको थियो।












