काठमाडौं । नेपालमा सात महिनामा ९ खर्ब बढीको रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्म विप्रेषण आप्रवाह (रेमिट्यान्स) ७.३ प्रतिशतले बढेर ९ खर्ब ५८ करोड पुगेको हो।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले बढेको थियो। यस्तै समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ९ खर्ब ८५ अर्ब १७ करोड पुगेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९ खर्ब १० अर्ब ७७ करोड रहेको थियो।