काठमाडौं। प्रहरीले एमाले लुम्बिनी प्रदेश सांसद रेखा शर्मालाई काठमाडौँको धुम्बाराहीस्थित निवासबाट पक्राउ गरेको छ।
घरमा बाल श्रमिक राखेर शोषण गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान टोलीले उनलाई पक्राउ गरेको हो।
काठमाडौँ महानगरपालिकाले डेढ वर्षअघि ती बालिकालाई शर्माको घरबाट उद्धार गरेको थियो।
शर्माविरुद्धको जाहेरी परेपनि सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो। शर्माले ८ वर्षदेखि नाबालिगलाई बन्दी बनाएको आरोप छ।












