काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ आज बाँडफाँड गरेको छ। कम्पनीले पुस ७ देखि ११ गतेसम्म प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले कुल ९ लाख २४ हजार ७६८ कित्ता आईपीओ बिक्री खुला गरेको थियो।
आईपीओमा कुल ५ लाख ३२ हजार ८८८ जनाले आवेदन दिएका थिए। तीमध्ये १३ हजार ८४२ जनाको आवेदन रद्द भई ५ लाख १९ हजार ४६ जनाको आवेदन स्वीकृत भएको छ।
स्वीकृत आवेदकमध्ये १८ हजार ४९५ जनाले ५० कित्ताका दरले शेयर पाएका छन् भने तीमध्ये १८ जनाले थप १ कित्ता सहित ५१ कित्ता शेयर प्राप्त गरेका छन्। बाँकी आवेदकको हात रित्तिएको छ।
आईपीओ बाँडफाँडको नतिजा अनलाइनमा प्रकाशित हुन केही समय लाग्ने जनाइएको छ।












