काठमाडौं । राउटे मुखिया सूर्यनारायण शाहीको मृत्यु भएको छ। अत्यधिक मदिरा सेवनका कारण उनको मृत्यु भएको बताइएको छ। सुर्खेतको बराहताल गाउँपालिका–८ सोतखोला क्षेत्रमा बसोबास गर्दै आएको राउटे समुदायका मुखिया ४९ वर्षीय शाहीको सोमबार राती बस्तीमै मृत्यु भएको हो।
राउटे बस्तीमा कार्यरत जोडी शिक्षक लालबहादुर खत्रीका अनुसार अत्यधिक मदिरा सेवनका कारण मुखिया शाहीको मृत्यु भएको हो।वैशाख १ मा राउटेले धुमधामले नयाँ वर्ष मनाउँछन् । त्यसयता मुखिया शाहीले अत्यधिक मदिरा सेवन गरिरहेका थिए ।












