रौतहट । रौतहटमा सुटकेसभित्र मृत भेटिएकी रुबि साहको हत्या प्रकरणमा संलग्न रहेको आशंका गरिएका आरोपी लक्ष्मण पासवान शरीर जलेको अवस्थामा फेला परेका छन्।
पासवानलाई रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा गम्भीर घाइते अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
उनलाई तत्काल नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल पुर्याइएको छ। प्रहरीका अनुसार पासवानको शरीरको ठूलो भाग जलेको छ र उनको स्वास्थ्य अवस्था नाजुक देखिएको छ।
गत शनिबार डेराबाट “गौर बजार जान्छु” भन्दै निस्किएकी रुबि साह मृत अवस्थामा सुटकेसभित्र फेला परेकी थिइन्। हत्या आरोपमा लक्ष्मण पासवानलाई प्रहरीले खोजी गर्दै आएको थियो।












