काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ तान्न सुरू गरिएको छ । रथारोहण गरिएको रातो मच्छिन्द्रनाथलाई बिहीबारदेखि पुल्चोकबाट तान्न सुरु गरिएको हो ।
पुल्चोकबाट रथलाई तानेर गाबाहाल पुर्याइएको छ । रातो मच्छिन्द्रनाथलाई ललितपुर नगरको भ्रमण गराउन रथयात्रा आरम्भ गरिन्छ । नगरका विभिन्न ठाउँहरू पुल्चोक, गावहाल, सुन्धारा लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाई समापन गरिन्छ। त्यसपछि मत्स्येन्द्रनाथलाई बुङमतीमा लगेर राखिन्छ ।
सात सय वर्षभन्दा पुरानो यो जात्रा वैशाख शुक्ल प्रतिपदाबाट शुरू भई आषाढ शुक्ल चतुर्थीसम्म सञ्चालन हुन्छ।
तस्वीरहरु हेर्नुस्














