काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले आफू पनि १५ चैतको आन्दोलनमा तीनकुने गएको तर फर्किहालेको बताएका छन् ।
बुधबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद तामाङले आन्दोलनका लागि गए पनि दुर्गा प्रसाईंको फोटो पूर्वराजाको जत्रै देखेपछि आफू फर्किएको बताए । ‘म पनि गएको थिएँ । राजाको ठूलो फोटो र सोहीबराबरको दुर्गा प्रसाईंको फोटो देखेँ अनि म फर्किहालेँ,’ उनले भने ।
तामाङले तीनकुनेमा भएको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरे ।












