काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले आज (सोमबार) काठमाडौंमा प्रदर्शन गर्दै छ।
गत चैत १५ गते भएको राजावादीहरूको प्रदर्शन हिंसात्मक बनेपछि पक्राउ परेका राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्रलगायत ६४ जना पक्राउको विरोधमा राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्न लागेको हो।
प्रदर्शन आज १ः३० बजे प्रदर्शनीमार्ग, भृकुटीमण्डपमा हुने राप्रपा नेपालले जनाएको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टसमेत प्रदर्शनमा सहभागी हुने जनाइएको छ।












