काठमाडौं । कुलिङ अफ पिरियड सम्बन्धी गडबडी छानबिन विशेष समितिले जिम्मेवार ठहर गरेका राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले मंगलबार प्रतिनिधि सभाको बैठकमा राजीनामा दिएका छन्।
छानबिन समितिको प्रतिवेदनले खतिवडालाई किटान गर्दै उनले आफ्नो समन्वयकारी भूमिका पूरा नगरेको र मस्यौदा प्रतिवेदन अनौपचारिक रूपमा तयार पारिएकोमा जवाफदेही हुनुपर्ने उल्लेख गरेको थियो।
प्रतिवेदनमा सभापतिको हस्ताक्षरबाट मस्यौदा प्रतिवेदन सभामा पेश भए पनि गम्भीर त्रुटि भएकाले सभापतिले जिम्मेवारी पूरा गर्न नसकेको र यसमा ‘उत्तरदायी भूमिका नभएको’ जनाइएको छ। यसै क्रममा खतिवडाले आफ्नो पदबाट राजीनामा दिएको जानकारी गराइएको छ।












