काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुपर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
फागुपर्वका अवसरमा शुभकामना दिँदै उनले उनले यो पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्धन गर्न प्रेरणा प्रदान गर्ने बताएका छन्।
राष्ट्रपति पौडेलले जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण नेपाली समाजलाई विविधता बीचको एकता कायम गर्न पर्वले मद्दत पुग्ने विश्वास व्यक्त गरे। ‘विविधता बीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता पनि हो। यो पर्वले समस्त नेपालीहरूबीच रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास लिएको छु’, उनको शुभकामना सन्देशमा भनिएको छ।
राष्ट्रपति पौडेलले होलीमा खेलिने विविध रङहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको बताएका छने। ‘यही विविधता बीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता पनि हो’, उनले भनेका छन्।