काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पत्रकार राम रावललाई आफ्नो प्रेस संयोजक नियुक्त गरेकी छन्। प्रधानमन्त्री कार्कीको सचिवालयले बुधबार रावलको नियुक्तिको पुष्टि गरेको हो।
सन् २०६० सालदेखि पत्रकारिता पेशामा सक्रिय रावलले आउटलाइन मिडिया, दृष्टि साप्ताहिक, नेपाल साप्ताहिक, कान्तिपुर टेलिभिजन र नेपाल खबर लगायतका सञ्चार माध्यममा काम गरिसकेका छन्।
रावललाई सञ्चार क्षेत्रमा लामो अनुभव भएकाले प्रधानमन्त्री कार्कीले आफ्नो सञ्चार संयोजन र सल्लाहकार भूमिकामा प्रभावकारी योगदान दिने विश्वास व्यक्त गरेकी छन्।












