काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । अहिराजविरुद्ध जबरजस्ती करणी मुद्दामा पक्राउ पुर्जी जारी भएको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार प्राप्त जाहेरीका आधारमा अनुसन्धान जारी छ । जाहेरवाला पक्षको दाबी पुष्टि हुनेरनहुने कुरा अनुसन्धानपछि मात्रै भन्न सकिने उनले बताए ।
जाहेरीमा अहिराजले मधेश मूलकी एक नाबालिगलाई १७ वर्षको उमेरदेखि शारीरिक तथा मानसिक यातना दिँदै आएको आरोप छ । शुरूमा राष्ट्रिय महिला आयोगमा पुगेकी पीडित पछि केही महिला अधिकारकर्मीको साथमा प्रहरीमा पुगेकी हुन् ।