Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

‘सामाजिक मनहरुसँग हातेमालो गर्न सदैव उत्साहित रहनेछौं’(अन्तरवार्ता)

राजेन्द्र प्रसाद श्रेष्ठ, अध्यक्ष, राजेन्द्र अञ्जना फाउण्डेशन

‘सामाजिक मनहरुसँग हातेमालो गर्न सदैव उत्साहित रहनेछौं’(अन्तरवार्ता)

समाजमा विशुद्ध सेवा भाव पुर्‍याउने उद्देश्यका साथ स्थापना भएको संस्थामध्ये एक हो राजेन्द्र अञ्जना फाउण्डेशन । प्रवासमा रहेर पनि आफ्नो देश अनि जन्मभूमिप्रति उच्च संवेदनशिलताका साथ समाज सेवामा समर्पित पर्वत जिल्लाको पैंयू गाउँपालिका निवासी अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले नेपालमा विभिन्न क्षेत्रमा सेवाभावका साथ काम गर्दै आएका छन् । फाउण्डेशनको योगदान र आगामी कार्ययोजना सन्दर्भमा अध्यक्ष श्रेष्ठसँग कुराकानी गरिएको छ । प्रस्तुत छ, श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंश ।

समाज सेवामा यहाँको करिब दुई दशकको यो समर्पण निकै लोभ लाग्दो छ, समाजसेवा नै किन ?

Subisu

यस धर्तीमा मानव भएर जन्मिसकेपछि आत्मसन्तुष्टिको एक महत्वपूर्ण पक्ष भनेको नै समाजिक सेवा रहेछ । जुन कुरा मैले मेरो आफ्नै स्व. बुबा जि. मु. दल बहादुर श्रेष्ठबाट पाएँ । उहाँ बितेर जानु भएको आज १७ वर्ष भइसक्यो । उहाँले गर्नु भएको तमाम सामाजिक सेवाको कारणले गर्दा उहाँको नाम अहिलेसम्म पनि रहिआएको छ ।

उहाँको काम र नामबाट मैले सानै उमेरदेखि नै सामाजिक सेवा के हो ?, र किन गर्नुपर्दो रहेछ भन्ने कुरा मैले थाहा पाउन सके । खासगरी आर्थिक विपन्नता, जातीय भेदभाव र लैङ्गिक असमानताको कारणले गर्दा उत्पन्न सामाजिक भेदभावको खाडललाई पुर्न कसै न कसैले अगाडि सरेर काम गर्नुपर्ने अवस्था आयो ।

त्यसक्रममा मैले शिक्षा, सांस्कृतिक सम्पदा र खेलकुद क्षेत्रमा केही सहयोग पुर्याउन सकिन्छ कि भन्ने उद्देश्यले आफ्नो पवित्र समाजिक कार्यलाई अगाडि बढाउने प्रयास गरेको हुँ ।

आफुले शुरु गरेको कामबाट कसैलाई थोरै मात्रामा भएपनि किन नहोस् घरमा शान्ति मिल्न सक्छ, शिक्षादीक्षाबाट बञ्चित बालबच्चालाई शिक्षित बनाउन सकिन्छ, एकछाक खान नपुगेर सडकमा आउनु परेको बच्चालाई खानपानको ब्यवस्था मिलाएर खुशी पार्न सकिन्छ भने मानव जीवनमा त्यो भन्दा ठूलो खुशीको कुरा के हुन सक्छ ? त्यसैबाट नै सबैभन्दा ठूलो आत्मसन्तुष्टि मिल्न सक्छ । तसर्थ, मैले समाजसेवालाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रयास गरेको हो ।

अमेरिकाको बसाइँ छ, कहिलेकाही यो झन्झट किन शुरु गरे होला अर्थात् म अलिक बढी भावुक भएँ भन्ने लाग्दैन ?

हरेक मान्छेका आफ्नै बाध्यता र विवशता हुन्छन् । काम गराइको सिलसिलामा कहाँबाट कहाँ पुग्नुपर्ने हुन्छ, थाहा नै हुँदैन । सामाजिक सेवा भन्ने कुरा आफु कहाँ बसिन्छ, के गरिन्छ भन्ने कुराले त्यति अर्थ राख्दैन, यो त स्वतस्फूर्त रुपमा आफ्नो अन्तर हृदयबाट आउने कुरा हो ।

मैले कसैलाई अन्तरआत्माबाट गरेको सहयोगबाट सकारात्मक परिणाम आउँछ भने त्यो भन्दा ठूलो सन्तुष्टि केहि पनि मिल्दैन । यसले त झन्झटको कुरै छाडौं, अझ हौसला पो दिन्छ त ।

तपाइँले सामाजिक रुपमा योगदान गर्न कहिलेदेखि लाग्नुभयो ?,र यो बीचमा कति जति आर्थिक योगदान विद्यालय, क्याम्पस, मठमन्दिर, छात्रवृत्ति लगायतका क्षेत्रमा गर्नुभयो, हिसाब राख्नुभएको छ ?

मलाई सामाजिक सेवामा लाग्ने हौसला त म सानै उमेरको हुँदा लगभग हाइस्कुलमा पढ्ने बेलादेखि नै थियो, तर खासै शुरुवात भने आजभन्दा ३० वर्ष अगाडि २०५१ सालमा जापानिज INGO ACA Japan मा काम गर्न शुरु गरेदेखि गरेको हो ।

सामाजिक सेवाको लागि कति आर्थिक योगदान भयो भन्नुपर्दा पनि आजसम्म त्यसबाट शैक्षिक, आर्थिक र सामाजिक क्षेत्रमा कत्तिको सकारात्मक प्रभाव परेको छ, आर्थिक विपन्नता, गरिव, निमुखा र दलित तथा पिछडिएका वर्गहरुको उत्थानको लागि महत्वपूर्ण भूमिका खेल्न सकेको छ कि छैन भन्ने मूलभूत कुरा हो ।

जे भएपनि जहाँ भएपनि हाम्रो उद्देश्य भनेको हाम्रो गाउँ, समाज र देशको विकासमा आफुले सिकेको सीप, साधन र श्रोतलाई सदुपयोग गरौं भन्ने नै हो ।

आर्थिक योगदानको सम्बन्धमा मेरो जानकारीमा आए अनुसार फेयर लन सनराइज रोटरी क्लव, फेयर लन न्युजर्सी अमेरिकाको सहयोग समेत गरी हाम्रो विद्यालय, क्याम्पस, छात्रवृत्ति, खेलकुद तथा शैक्षिक सामग्री, कम्प्युटर, मठ मन्दिर समेतलाइ गरी आजसम्म लगभग एक करोड ५० लाख जति आएको छ जस्तो लाग्छ ।

यतिका विधि स्रोत चाँहि कसरी ?, कहाँबाट आउँछ ?

सामाजिक सेवा भन्ने कुरालाई आर्थिक सम्पन्नता र विपन्नतासँग जोड्नु भन्दा पनि अन्तरआत्माबाट स्वतःस्फुर्तरुपमा पवित्र मनले सोचेर अगाडि जाने हो भने धेरै थोरै रकम आफैँ पनि जम्मा गर्न सकिँदोरहेछ । यसमा हाम्रो रगत पसिनाको मुख्य अंश त जोडिएकै छ, त्यसमाथि मेरै छोरी क्यारलाइनले धेरै आर्थिक, नैतिक तथा प्राविधिक सहयोग पुर्याएकी छन् भने फेयर लनराइज रोटरी क्लवबाट धेरै ठूलो सहयोग प्राप्त भएको छ ।

सहयोग भन्ने कुरा हात थापेर पाइने कुरा पनि होइन । पहिला आफुले निस्वार्थ भावले लक्षित समूहमा गएर काम गरेर देखाउन सक्नु प¥यो । प्रतिफल राम्रो आइसकेपछि बल्ल अरु संघसंस्थाहरुमा सहयोगको लागि हात फैलाउने हो ।

ति संस्थाहरुले हाम्रो मूल्यांकन गर्छ, संस्थाको आधिकारिकता हेर्छ, हामीले गरेको कामको प्रभावकारिता हेर्छ, त्यसपछि बल्ल सहकार्य गर्ने या नगर्ने भन्ने निष्कर्षमा पुग्न सक्छ । संस्था दर्ता गर्नासाथ विदेशबाट टन्नै पैसा आउँछ भन्ने जुन हाम्रो साेंचाइ छ, त्यो साह्रै गलत सोंचाइ हो ।

स्रोत कत्तिको पारदर्शी राख्नुभएको छ ?

अहिलेसम्म प्रत्यक्ष र परोक्षरुपमा गरिएको सहयोगको रकम आफ्नै परिवारको रगत पसिना बगाएर जम्मा भएको आम्दानीको हिस्सा भएको र आफ्नै खुशीले समाजसेवा गरौं भन्ने उद्देश्यले अगाडि सरेको हुनाले उक्त रकममा तलमाथि हुने त कुरै भएन र पारदर्शिताको सम्बन्धमा कुनै प्रश्न चिन्ह उठ्नै नपाउने किसिमले काम गर्ने छौं ।

पहिला व्यक्तिगत रुपमा सहयोग गरेको देखिन्छ, तर पछिल्लो समयमा चाँही संस्थागत रुपमा राजेन्द्र अञ्जना फाउण्डेशनमार्फत आउनुभएको छ, कारण ?

व्यक्तिगत रुपमा जाँदा काम गर्ने क्षेत्र पनि अलि साँघुरिएको हो कि जस्तो लागेर आयो र दीर्घकालिन साेंचाइमा पनि त्यति उपयुक्त होला जस्तो लागेन तसर्थ, संस्थागत रुपमा हेर्दा पहिलो कुरा त आधिकारिक हुने भयो, काम गर्ने मनोवल पनि बढ्ने भयो अनि सामाजिक सेवा भएकोले सरकारी, गैरसरकारी तथा अन्य अन्तर्राष्ट्रिय संघसंस्था सबैसँग हातेमालो गरेर पनि अगाडि बढ्न पाइने भयो । त्यसैले गर्दा पनि संस्थागत रुपमा फाउण्डेशनको नामबाट अगाडि जाने विचार गरेका हौं ।

‘लोभी मनले एउटा मानिसलाई खुसी बनाउन सक्छ, तर परोपकारी हृदयले हजारौं बनाउन सक्छ ’

राजेन्द्र अन्जना फाउण्डेशनका दीर्घकालिन योजना के– केछन ?

अहिले भर्खरै मात्र बागलुङ, पर्वत, स्याङ्जा र चितवन जिल्लाका २१ वटा सामुदायिक विद्यालयहरुको भ्रमण गरि विद्यालय र विद्यार्थीहरुलाइ छात्रवृत्ति, खेलकुद तथा शैक्षिक सामग्रीको साथै पोशाक पनि हस्तान्तरण गर्ने काम सम्पन्न भयो ।

यस कामलाई यथावत् राख्दै गरिव, असहाय तथा दलित बालबालिकाहरुका लागि हाम्रो आफ्नै भवन बनाएर आवाससहित शिक्षाको प्रबन्ध मिलाइनेछ । जसमा क्रमिक रुपमा अवस्था र आवश्यकता हेरेर ५० जना जति बालबालिकाहरु राख्ने हाम्रो योजना छ ।

फाउण्डेशनले गरिब, असहाय बालबालिकाका लागि आवाससहित शिक्षाको प्रबन्ध गर्ने भन्नुभएको छ, यस्ता काम धेरै संघसंस्थाले नेपालमा बालगृहमार्फत पहिलादेखि नै गरिरहेका छन, यो भन्दा पृथक अरु काम गर्न सकिँदैन्थ्यो र ? यहि नै किन रोज्नुभयो ?

पहिलो कुरा त यस्ता संघसंस्थाहरु काठमाडौं, पोखरा जस्ता ठूला–ठूला शहरहरुमा मात्र सिमित छन् । जसले गाउँका कुना कन्दरासम्म भएका असहाय, निमुखा र पीडित बालबालिकाहरुको वास्तविक स्थिति बुझ्न सकेका छैनन् ।

आफैँमा असहाय र बेसहारा भएर बसेका बालबालिकाहरुको पहुँच केन्द्रसम्म पुग्न सक्ने कुरा पनि भएन । दोश्रो कुराः यस्ता धेरै संघसंस्थाहरु भएपनि एकादुई बाहेक उद्देश्य अनुरुप सञ्चालन हुन र गर्न नसकेकाहरु ९५ प्रतिशत भन्दा बढी छन् ।

तसर्थ, ग्रामीण क्षेत्रमा भएका ति टिठ्लाग्दा बालबलिकाहरु जसले न त बालबालिकहरुको उचित शिक्षादिक्षा, खानपान दिलाउने नाममा खडा भएका संघसंस्थाहरुको तर्फबाट दीर्घकालीन सहयोग पाएका छन्, न त राज्यबाट नै भरपर्दो शिक्षा, स्वास्थ्य र लालनपालनको प्रत्याभूति भएको छ, त्यस्ता बच्चाहरुलाई परिवर्तित समयको माग र फाउण्डेशनको अवस्था हेरेर एउटा सक्षम नागरिकको रुपमा तयार पार्ने हाम्रो लक्ष्य रहेको छ ।

हामीले धेरै जनालाई सहयोग पुर्‍याउन त नसकिएला तर ग्रामीण क्षेत्रमा एकजना मात्र भएपनि दक्ष जनशक्ति निकाल्न सकियो भने त्यो नै हाम्रो लागि ठूलो कुरा हुनेछ । किनभने हामीहरु एउटा कलम, एउटा किताब, एक जना सक्षम विद्यार्थी, एकजना अब्बल शिक्षक र एउटा विद्यालयले गाउँ, समाज र देश परिवर्तन गर्न ठूलो टेवा दिनसक्छ भन्ने कुरामा विश्वास गर्छौं ।

संस्थागत रुपमा भर्खंरै मात्र फाउण्डेशन दर्ता गरेर केही परियोजना सम्पन्न गरिसक्नु भएको छ, अब यसलाई संरचनागत ढंगबाट फराकिलो बनाउन के योजना राख्नुभएको छ ?

यस बारेमा एउटा प्रस्ट्याउनै पर्ने कुरा थियो, प्रश्न सोध्नुभयो खुशी लाग्यो । हामी नेपालीहरुको सोचाईंमा फाउण्डेशन भन्न साथ विदेशबाट अमेरिकन डलर नै आउँछ भन्ने साह्रै नराम्रो र गलत सोचाई रहेछ । यो फाउण्डेशनबाट हाम्रो देशमा भित्रिएको पैसा त रातोदिन दु:ख गरेर, दैनिक खाना, लाउन र स्वास्थ्य उपचारमा लाग्ने खर्च कटाएर जम्मा गरी ल्याएको ब्लड मनि हो ।

अरु कुनै संस्थामार्फत पठाउँदा कुनै कमिसन, तलव, भत्ता, अफिस, यातायात या अन्यमा अनावश्यक खर्च हुनसक्छ भन्ने उद्देश्यले म आफैँ आफ्नो देशमा आएर आफ्नै हातबाट विद्यालय र विद्यार्थीहरुलाइ छात्रवृत्ति, खेलकुद तथा शैक्षिक सामग्रीको साथ साथै केही पोशाकहरु पनि हस्तान्तरण गर्ने काम सम्पन्न गरिएको हो ।

यसरी समाज कल्याण परिषदको अनुमतिमा बाहिरबाट आएको रकमको लगभग सय प्रतिशत नै सही ठाउँमा सहि रुपले कार्यान्वयनमा ल्याउन सफल भएका छौं ।

अहिले हामी शुरुवाती चरणमा भएकोले सकेसम्म कम खर्चमा धेरै सेवा कसरी उपलब्ध गराउन सकिन्छ भन्ने कुरामा मात्र ध्यान दिएर अगाडि बढेका छौं । भविष्यमा कामको अनुभव, संस्थाप्रतिको लोकप्रियता र बदलिँदो परिस्थितिको आवश्यकतालाइ हेरेर यसलाइ बिस्तारै फराकिलो बनाएर दीर्घकालीन रुपमा लैजाने हाम्रो योजना रहेको छ ।

जे भएपनि जहाँ भएपनि हाम्रो उद्देश्य भनेको हाम्रो गाउँ, समाज र देशको विकासमा आफुले सिकेको सीप, साधन र श्रोतलाइ सदुपयोग गरौं भन्ने नै हो ।

हामीले हाम्रो संरक्षणमा हुने विद्यार्थी भाइबहिनिहरुलाई बिहान, बेलुका र बिदाको दिन अतिरिक्त कक्षा, खेलकुद, प्राविधिक ज्ञानसम्बन्धि शिक्षा, गाईडेन्स क्लास, नियमित स्वास्थ्य परीक्षण लगायत अन्य विविध कार्यक्रमहरु पनि राख्ने विचारमा छौं ।

कुनै महानुभाव जसले कुनै राजनीतिक, आर्थिक, समाजिक र सांस्कृतिक रुपले फाइदा लिने मनसाय नराखिकन पुराका पुरा निस्वार्थ भावले शैक्षिक विकास र सामाजिक परिवर्तनको लागि आफ्नो अनुभव र क्षमता अनुसार बचनबद्व भएर भोलेन्टियमा लाग्न चाहनुहुन्छ भने राजेन्द्र अन्जना फाउण्डेशन सबैमा हार्दिक स्वागत गर्न तयार रहेको कुरा पनि जानकारी गराउन चाहन्छु ।

यो फाउण्डेशन कुनै व्यक्ति विशेषको होइन, यो त गाउँ-गाउँमा भएका असहाय, निमुखा, दलित, लैङ्गिक र जातिय भेदभावबाट उपेक्षित बालबालिकाहरुमा परिवर्तित माग अनुसार शिक्षाको दियो बाल्नको लागि खडा गरिएको साझा संस्था हो । हामी होस्टेमा हैंसे गर्दै अगाडि बढ्न सकियो भने पक्कै पनि एक व्यक्तिबाट गाउँ समाज हुँदै देशमा परिवर्तन ल्याउन सकिन्छ ।

‘A Greedy Heart Can Make a Person Happy, But a Charitable Heart can Make Thousands’

‘लोभी मनले एउटा मानिसलाई खुसी बनाउन सक्छ, तर परोपकारी हृदयले हजारौं बनाउन सक्छ ।’

 

 

 

 

 

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host