काठमाडौं । नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे सर्वसम्मत चयन भएका छन्।
वरिष्ठ उपाध्यक्षमा घनेन्द्र बस्नेतले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि पाण्डे सर्वसम्मत चयन भएका हुन्।
मंगलबार एकीकृत समाजवादीमा सात उपाध्यक्ष, चार उपमहासचिव र सात सचिवका लागि निर्वाचन हुँदै छ। अध्यक्ष, महासचिव र सम्मानित नेता भने पार्टी महाधिवेशनबाट चुनिएका थिए।












