काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको व्यवस्थालाई जनताले चित्त नबुझाएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले सरकारले जनताको आवाजलाई स्वीकार गर्नुपर्ने बताएका हुन् ।
‘टुँडिखेलमा केही युवाहरूले विरोध गरे । सरकार सुध्रिनुपर्ने ठाउँ रहेछ भन्नुपर्नेमा सरकारमा आक्रोशमा देखियो । यो शुभ संकेत होइन । पक्राउ गरेर र मञ्चमा ठूलो स्वरमा बोलेर दमन गरेर जान सक्नु हुन्न । जनताको आवाजलाई स्वीकार गरेर जानुपर्छ । जनताले अहिलेको व्यवस्थालाई चित्त बुझाइरहेका छैनन् भनेर आफूलाई सच्याउनुहोस्,’ उनले भने ।
सरकारको गतिविधि काम ‘कुरो एकातिर कुम्लो बोकी थिमि’ तिर भनेजस्तो भएको उनको भनाइ छ ।












