काठमाडौं । सत्तारुढ गठबन्धनमा राजदूतको भागबण्डाबारे सहमति जुटेको छ । बिहीबार साँझ माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेबीच भएको बैठकमा राजदूतबारे मोटामोटी सहमति जुटेको हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार विभिन्न देशमा राजदूतको रिक्त अवस्थालाई प्रधानमन्त्रीले छिट्टै पूर्ति गर्न लागेकाले बिहीबार छलफल भएको हो ।
जसअनुसार सबैभन्दा धेरै एमालेले बढीमा ८ देशको राजदूत पाउने भएको छ । यस्तै रास्वपाले २ तथा माओवादीले एक देशको राजदूत पाउने गरी सहमति जुटेको छ । तर एकीकृत समाजवादीले समेत राजदूतमा दाबि गरेकाले यसमा केही घटबढ हुन सक्ने बताइएको छ ।