काठमाडौं । सरकारले विभिन्न देशका लागि राजदूत सिफारिस गरेको छ । केहि दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी देशहरु भारत र चीनसहित विभिन्न मुलुकका लागि राजदूतको नाम सिफारिस गरेको हो ।
राजदूतमा सिफारिस भएका व्यक्तिहरुको संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
हेर्नुहोस् राजदूतमा सिफारिस भएको व्यक्तिको नामावली :
भारत– शंकर शर्मा
अमेरिका– लोकदर्शन रेग्मी
चीन– कृष्णप्रसाद ओली
बेलायत– चन्द्रप्रसाद घिमिरे
जर्मनी– शैल रुपाखेती
साउदी अरब– नरेशविक्रम ढकाल
इजरायल– धनप्रसाद पण्डित
दक्षिण अफ्रिका– कपिलमान श्रेष्ठ
दक्षिण कोरिया– शिवमाया तुम्बाहाङ्फे
पोर्चुगल– प्रकाशमणि पौडेल
पाकिस्तान– रिता धिताल
अस्ट्रेलिया– कान्ता रिजाल
स्पेन- सनिल नेपाल
मलेशिया – नेत्रप्रसाद तिमिल्सिना
श्रीलंका- रामकृष्ण भट्टराई