काठमाडौं । लोकप्रिय गायिका रचना रिमाल आकस्मिक रूपमा बिरामी परेकी छन्। सांगीतिक कार्यक्रमको सिलसिलामा रुकुम पश्चिम पुगेकी रिमाललाई अचानक स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार बिहान काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना गरिएको हो।
स्रोतका अनुसार पेट दुख्ने गुनासो गरेपछि उनको अवस्था गम्भीर हुँदै गएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई रुकुम पश्चिमबाट सुर्खेत हुँदै नेपालगञ्ज लगिएको थियो। त्यहाँबाट मंगलबार बिहानै उनलाई सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो।
रिमाल सोमबार मात्रै रुकुम पुगेकी थिइन्। उनले रुकुम पश्चिमको सानिभेरी गाउँपालिका, बेलटापुमा सञ्चालन भइरहेको एक सांगीतिक महोत्सवमा मंगलबार प्रस्तुति दिने तयारी गरिरहेकी थिइन्। तर बिहानै अचानक बिरामी भएपछि कार्यक्रम रद्द गरिएको थियो।












