काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको छ । उनलाई प्रहरीले हतकडीसहित जिल्ला सरकारी वकिलको कार्यालय पुर्याएको छ ।
गत शुक्रबार राति पक्राउ परेका उनलाई केहीबेर अघि म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको हो । उनलाई आजै अदालत लगिनेछ ।
तीनकुनेमा हिंसा भड्काउन भूमिका खेलेको आरोपमा प्रहरीले मिश्रलाई पक्राउ गरेको थियो । उनीविरुद्ध राज्यविरुद्धको अपराध र संगठित अपराधमा मुद्दा चलाउने तयारी छ ।












