काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारका प्रकरणहरू खोलेको जस आफूलाई नचाहिने बताएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा उनले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माप्रति लक्षित गर्दै फाइलहरू पनि आफैँले खोलेको र भ्रष्टाचार पनि आफैँले गरेको हो भनेर स्वीकार्न आग्रह गरे ।
उनले ३० वर्षमा भएका भ्रष्टाचारका काण्डहरू आफूले पुनः खोल्ने काम मात्रै गरेको बताए । उनले ज्युँदै रहेको फाइललाई गाड्ने प्रयास अहिलेको सरकारले गरेको आरोप लगाए ।
सभापति लामिछानेले आफूले सरकारमा कुनै पनि पूर्वाग्रही रहेर काम नगरेको जिकिर गरे ।












