काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सत्ता समीकरण फेरबदल हुने कुरा हल्ला मात्रै भएको बताएका छन्। सोमवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री लामिछानेले सत्ता समीकरण फेरबदल हुन लागेको बारे आफूलाई कुनै जानकारी नभएको बताए।
उनले बाहिर सञ्चारमाध्यममा आएका कुरा हल्ला मात्रै भएको बताए। उनले आफूले दुई जना नेतासँग कुराकानी गरेको भन्दै आफूले त्यस्तो छनक नपाएको बताए।