काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चुनावी अभियानका लागि चितवन पुगेका छन्।
खुट्टाको चोटका कारण काठमाडौँमा उपचार गरिरहेका लामिछाने बिहीबार दिउँसो चितवन पुगेका हुन्। उनको स्वागतका लागि भरतपुर विमानस्थलमा रास्वपा नेता तथा कार्यकर्ता र समर्थकको भीड लागेको थियो।
उनी चितवन(२ बाट प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बनेका छन्।












