काठमाडौं । मिटरब्याज पीडितहरूले पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग कारागारमै भेटेका छन् ।
पीडितहरू लामिछाने भेट्न सोमबार (आज) रुपन्देही जिल्ला कारागार पुगेका थिए । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिका संयोजक अवदेश कुशवाहाको नेतृत्वमा गएका पीडितहरूलाई लामिछानेले धैर्य गर्न सुझाव दिएका छन् ।
उनीहरूले लामिछानेलाई सरकारले आफूहरूलाई नै चिन्न छाडेको बताएका थिए । जवाफमा लामिछानेले ‘धैर्य गर्नुस्, न्याय मिल्छ’ भनेर आश्वासन दिएका छन् ।