काठमाडौं । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि पर्सामा पुर्याइएको छ।
वीरगञ्जको सानो पाइला सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानका लागि आज लामिछानेलाई पोखराबाट हवाई उडानमार्फत पर्सामा पुर्याइएको हो।
प्रहरीले सभापति लामिछानेलाई आज पोखरा विमानस्थलबाट त्रिभुवन विमानस्थल काठमाडौँ हुँदै सिमरा विमानस्थलसम्म हवाई उडानमार्फत पुर्याइएको थियो।
पर्सा प्रहरीले लामिछानेलाई सिमराबाट भने सवारीसाधनमा राखेर पर्सा लगेको हो। गत मङ्सिर १९ गते पर्सा जिल्ला अदालतले सानो पाइला सहकारी ठगी प्रकरणमा सभापति लामिछानेसहित १४ जनाको नाममा पक्राउ पुर्जी जारी गरेको थियो। सो पक्राउ पुर्जीका आधारमा थप अनुसन्धानका लागि लामिछानेलाई पर्सा पुर्याइएको हो।