काठमाडौं । इतिहासकार पुरुषोत्तम शमशेर राणाको निधन भएको छ । काठमाडौंको मेडिसिटी अस्पतालमा राणाको निधन भएको हो ।
आज १२ बजेर १३ मिनेटमा डाक्टरले मृत घोषणा गरेको परिवारले जनाएको छ। कुनै देखिने समस्या नभएता पनि प्रेसर लो भएर अस्पताल भर्ना भएको उनको निधन भएको बताइएको छ । यहि चैतमा राणा सय वर्ष पुग्दै थिए । राणाले लेखेका प्रख्यात किताबहरु धेरै छन् । त्यसका केही उदाहणहरुमा श्री ३ हरुको तथय वृत्तान्त, कुनेछिपेका प्रतिभाहरु, जंगबहादुर राणा, मेरा जीवनका स्मृतिहरु आदि पर्छन् ।












