काठमाडौं । यस वर्षको प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। आइतबार राष्ट्रपति भवन शितल निवासमा आयोजित एक समारोहकाबीच न्युज एजेन्सी नेपालकी सम्पादक कृष्णा पौडेलसहित, पत्रकारहरू दुर्गा खनाल, दिपक रिजाल, रोशन श्रेष्ठ, खडकबहादुर श्रेष्ठ (प्रताप), प्रकाशचन्द्र भट्टराई, दिलिप पौडेल, ध्रुव सुवेदी, रमेश तिवारी, शन्तराम बिडारी, राजेन्द्र कार्की, लक्ष्मण तिवारी, भरतराज विष्ट र सविन प्रियासन (चौधरी)लाई सो पुरस्कारबाट पुरस्कृत गरिएको हो।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले अखण्ड भण्डारी र नेपाल प्रेस इन्स्टिच्यूटलाई प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कारद्वारा सम्मान गरे। सो पुरस्कारको राशि १ लाख ५१ हजार रुपैयाँ रहेको छ। त्यसैगरी बद्री सिग्देललाई प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार दिइएको छ। सो पुरस्कारको राशि १ लाख १० हजार रहेको छ।
समारोहमा प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कार, प्रेस काउन्सिल आचारसंहिता पुरस्कार, प्रेस काउन्सिल महिला सशक्तिकरण पुरस्कार, प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार, प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार, प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कार, प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार र प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार पनि प्रदान गरिएको छ।