Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

साउन १५: ‘खिर खाने संस्कृति’

प्रल्हाद दाहाल, अध्यक्ष नेपाल डेरी एसोसिएसन

साउन १५: ‘खिर खाने संस्कृति’

हाम्रो देश धेरै किसिमका रितिरिवाज भएको देश हो। यहाँ सबै जातजाती, धर्म, संस्कृतिलाई समेटेर धेरै किसिमका पर्वहरु मनाइन्छ। सबै कुरालाई समेटेर चाडपर्व मनाइने गरिएकोले नै हाम्रो देशको कला, संस्कृति एवं परम्परा अहिलेसम्म बाँचिरहेको छ।

हामी दहि, मासु, खिचडी, सेल, घ्युचाकु, दहि चामल, दहि चिउरा, खिर आदि सबै कुरा खाने चाडपर्व हाम्रो देशमा मनाउने गर्दछौं । यि सबै चाडपर्व मनाउँदाका आ–आफ्नै विशेषता छन्। त्यसै गरि प्रत्येक वर्ष साउन १५ गते खिर खाएर पर्व मनाउने गरिन्छ।

Subisu

हाम्रा पुर्खाहरुले देशमा यसरी  संस्कृतीलाई जोगाइ राखेका छन्। यो हाम्रो लागि ठूलो धन सम्पत्ति हो। यसले देशको पहिचान बढ्नुका साथै पर्यटन क्षेत्रको विकासमा समेत धेरै ठूलो टेवा पुग्दछ। हाम्रो देशको संस्कृती भनेको विश्वको नमुना हो।

यस्तो संस्कृती कतै पनि अन्य देशमा छैन्। तर अब भने यसको जर्गेनाको पाटो ठूलो कठिनाई भएको छ। यसमा आम जनताको चासो रहन अत्यन्तै आवश्यक छ।

आजसम्म त हामी पुरानो नयाँ दुबै पुस्ता बुझ्ने वर्ग छौं। आजसम्म जे जसरी भए पनि सबै किसिमका चाड, पर्व, रितिरिवाज, धर्म, संस्कृती, परम्परा जोगिरहेको छ। तर अबका पुस्ताले यो कुरा सबै बुझेको हुदैनन्।

हो, त्यसकारण हाम्रो यो पुस्ताले अबका पुस्तालाई हाम्रा सबै किसिमका कुराहरु हस्तान्तरण गर्न आवश्यक छ। यसो गरिएन भने यी सबै कुराहरु एकादेशका कथा बराबर हुनेछन्।

साउन १५ गतेलाई देशैभर खिर खाने दिनको रुपमा चिनिने गरिन्छ। नेपालमा प्राचिन कालदेखि नै खिरलाई एक उत्कृष्ट खानाको रुपमा लिइने गरिएको पाइन्छ। आर्युवेद विज्ञानमा समेत खिरको महत्व निकै रहेको पाइन्छ। साउन १५ गते  खिर खाएमा शुभ हुने मान्यता रहेको छ।

साउन महिनामा धेरै वर्षा हुने, विभिन्न किसिमका रोग लाग्ने र विरामी पर्ने हुँदा रोगबाट छुट्कारा पाउनको लागि पनि खिर खाने चलन रहेको पाईन्छ। खिरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले खिर खाने चलन रहेको पाइन्छ।

वर्षायाममा विभिन्न संक्रमण भई रोग लाग्ने गर्दछ। त्यसैले रोग नलागोस् र संक्रमण नहोस् , थकान नलागोस्, फुर्ति बढोस् आदि भनेर पनि खिर खाने गरेको पाइन्छ। साउन गर्मी महिना भएको कारण पहिला(पहिला शरिरमा दाद, खटिरा, घाउ, लुतो जस्ता रोगले दुःख दिने गरेको पाइन्छ।

यि यस्ता रोगबाट बच्न प्रतिरोधात्मक शक्ति बढाउन पनि साउन महिनामा दुध र दुधजन्य पदार्थको बढि नै सेवन हुने गरेको पाइन्छ। खिरलाई अत्यन्तै चोखो खाने कुरामा पनि लिइन्छ। हरेक शुभ कार्यमा खिरलाई प्रसादको रुपमा पनि समाबेश गरिन्छ।

पहिलापहिला गाउँघरमा मिठो मसिनो कमै खाईने र खान पनि कठिन हुने भएकोले खानामा सन्तुलित होस् भनेर शरिरलाई आवश्यक पर्ने सबै खाले खाना खाने चाडपर्वको व्यवस्था भएको पाइन्छ। यसले गर्दा सबै मानिसले दैनिक खान नसक्ने र विशेष चाडपर्वमा मात्र खाँदा पनि निरोगी हुन मद्दत पुग्ने गरेको देखिन्छ।

यि सबै कुरालाई मध्यनजर गर्दा नेपालमा हाम्रा पुर्खाहरुले धेरै सोचबुझ गरेर चाडपर्वको महत्व विस्तार गरेको पाइन्छ। अनि आम नेपालीको खानाको प्रकार र मानिसको खानाको बानी जे भएता पनि देशका सबै भागमा खाइने सबै खानेकुराको सबैले स्वाद अनिवार्य लिन सक्ने गरि कम्तिमा वर्षको एकदिन भए पनि खानु पर्ने गरि चाडपर्वको व्यवस्था भएको देखिन्छ। बैज्ञानिक तरिकाले पनि यो अति उत्तम मानिन्छ। यस अर्थमा पनि हाम्रा पू्र्खाहरु अत्यन्तै बुद्धिमान मान्न सकिन्छ।

आजभोलि सबै किसिमका खानेकुराहरु सबै समयमा पाइने भएता पनि त्यसको सहि उपभोग भएको पाइन्न। यसले गर्दा अन्य समस्या धेरै उत्पन्न भएको पाइन्छ। त्यस कारण पहिले पहिलेका चाडपर्वले गर्दा सन्तुलन भोजनको लागि लाभदायक भएको देखिन्छ।

आजकाल चाडपर्व फेसनको रुपमा पनि मनाउने गरेको पाइन्छ। स्कुल, कलेज, अफिसमा पनि साथीभाईहरु मिलेर खिर खाने चलन बढेको छ। यसरी साउन १५ मा देशैभर खिर खाने चलन भएकोले दुधको खपत पनि अरु दिनको तुलनामा लगभग ४ गुणा बढि हुने गर्दछ।

दैनिक उत्पादनको दुधले नपुग्ने भएकोले डेरी उद्योगहरुले दुई चार दिन अगाडिदेखि नै दुध भण्डारण गरि राख्ने र नपुगेमा धुलो दुध मिसाएर बजारमा लाने गर्दछन्। यसरी हामी आम नेपाली देशैभरी साउन १५ मा सबैजना खिर खाई साउन १५ भब्य रुपमा मनाउँदछौं। हामी सबै मिलि सबै किसिमका चाडपर्वको संरक्षण गरि हाम्रा भावि पुस्तालाई राम्रोसँग यस्ता सबै किसिमका चाडपर्वको महत्व बुझाउनु पर्दछ। यसले हाम्रो देशको पहिचान दिनेछ। यसलाई सहि तवरले परिचालन गर्न सक्ने हो भने विदेशी पाहुना ल्याउन समेत ठूलो मद्दत पुग्नेछ।

हामीले अरुको देशको धर्म संस्कृतीको नक्कल गरेर आफ्नो देशका धर्म संस्कृतीलाई भुल्न हुँदैन। देशका सबै किसिमका चाड पर्व मनाउँ, हाम्रो संस्कृती बचाउँ। साउन १५ मा जहाँ भए पनि खिर अनिवार्य सेवन गरौं।

(लेखक प्रल्हाद दाहाल नेपाल डेरी एसोसिएसनका अध्यक्ष हुनुहुन्छ ।)

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host