काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
आयोगले बुधबार विशेष अदालतमा भक्तपुरको नलिञ्चोकमा निर्माण गरिएको हेलिप्याडमा भ्रष्टाचार प्रकरणमा बुधबार मुद्दा दायर गरेको हो । प्राधिकरणका महानिर्देशक अधिकारी र तत्कालीन निर्देशक मुरारी भण्डारीलाई पक्राउ गरेर उपस्थित गराइएको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए ।
उनका अनुसार १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ भ्रष्टाचार भएको भन्दै मुद्दा दायर भएको हो । मुद्दा दायर भएकामा प्राधिकरणका ४ जना, १ इन्जिनियर र १ कन्सलटिङ कम्पनी र त्यसका प्रोप्राइटर छन् ।
क्यानका कर्मचारीहरू उप-प्रबन्ध निर्देशक सम्वृति श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा, प्राइभेट इन्जिनियर गुरुदत्त अधिकारी र अभियन्त्र कन्सलटिङ प्रालि र त्यसका प्रोप्रराइटर विजय थापालाई प्रतिवादी कायम गरिएको छ ।






![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)





![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)